सुनको मूल्य वृद्धि, कति पुग्यो तोलाको !

सुनको मूल्य वृद्धि, कति पुग्यो तोलाको !

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन १७, २०७७

काठमाडौ । स्थानीय बजारमा पहेंलो धातुको मूल्यमा आज सामान्य सुधार भएको छ । अघिल्लो सातादेखि ओरालो लागेको सुनको मूल्य आइतबार पनि ओरालो नै लागेको थियो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तय गरेको मूल्यसूचीअनुसार सुन तोलामा  ४०० ले उकालो लागेको छ । प्रतितोला  ८८ हजार ३०० मा आइतबार कारोवार भएकोे छापावाला सुन आज भने  ८८ हजार ७०० मूल्य कायम भएको छ । 

त्यसैगरी तेजाबी सुनको मूल्य आइतबार प्रतितोला ८७ हजार ८५० हजारमा कारोवार भएकामा आजका लागि  ८८ हजार २५० कायम भएको महासङ्घले जनाएको छ । तोलामा  एक हजार ३२५ मा आइतवार कारोवार भएको चाँदी आजका लागि भने  पाँचले वृद्धि भई  एक हजार ३५० मूल्य निर्धारण भएको छ ।