बैंग्लोर भर्सेस कोलकाता : कसले रोक्ला हारको यात्रा ?

बैंग्लोर भर्सेस कोलकाता : कसले रोक्ला हारको यात्रा ?

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख ६, २०७६

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत शुक्रबार राति कोलकाताको इडन गार्डेनमा रोयल च्यालेन्जर्स बैंग्लोर र कोलकाता नाइट राइडर्स प्रतिष्पर्धा गर्दैछन् । 

कोलकाता जसरी पनि खेल जितेर खेलमा फर्कन चाहान्छ । बैंग्लोर पनि खेल जितेर प्लेअफको सम्भावनालाई जिवितै राख्न चाहान्छ । यस्तोमा आजको खेल निकै प्रतिष्पर्धात्मक हुने देखिन्छ । 

बैंग्लोर चालू आइपिएलमा सबैभन्दा कमजोर देखिएको छ । ८ खेलमध्ये १ मा मात्रै जित निकालेको बैंग्लोर दुई अंकसहित अंकतालिकाको पुछारमा छ । 

यता, पछिल्ला तीन खेलमा कोलकाताको हविगत पनि उस्तै छ । कोलकाताले पछिल्ला तीन खेलमा जित निकाल्न सकेको छैन । समान खेल खेलेको कोलकाता ८ अंकसहित प्रतियोगिताको छैठौ स्थानमा छ । 

दुवै टिममा ‘गेम चेन्जर’ खेलाडी छन् । बैंग्लोरका एबी डिभिलियर्स एक्लै खेल जिताउने क्षमता राख्छन् । बैंग्लोरका अर्का ‘भरपर्दा’ खेलाडी हुन्, युजबेन्द्र चहल । उनमा पनि विपक्षीको ब्याटिङ धराशायी पारेर खेल जिताउने क्षमता छ । 

कोलकातामा पनि थुप्रै ‘गेम चेन्जर’ खेलाडी छन् । यसमा पहिलो नम्बरमा आउँछन्, आन्द्रे रसल । उनी चालू आइपिएलमा सबैभन्दा खतरनाक खेलाडी मानिएका छन् । उनले स्ट्राइक रेट २१३.६९ छ । यस्तै, प्रारम्भिक ब्याट्सम्यान क्रिस लिन र अलराउन्डर सुनिल नैरन पनि ‘गेम चेन्जर’का रूपमा चिनिन्छन् । 

यस्तोमा कुन टिमले खेल जित्छ भन्ने अनुमान लगाउन गाह्रो छ ।