प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते

प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १८, २०७७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ ।

नेपाल सरकारका सिफारिशमा नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम सो अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत आज जनाउनुभएको छ ।