राजभण्डारी नेदरल्याण्ड्सका लागि  गैरआवासीय राजदूत

राजभण्डारी नेदरल्याण्ड्सका लागि  गैरआवासीय राजदूत

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १८, २०७७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिसमा बेल्जियमका लागि नेपालका आवासीय राजदूत गेहेन्द्र राजभण्डारीलाई नेदरल्याण्ड्सका लागि समेत गैरआवासीय नेपाली राजदूतमा नियुक्त गर्नुभएको छ ।

नेपाल सरकारका सिफारिसमा नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले आज विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।