मेगा बैङ्क : ट्याम्पोमा यात्रा गर्ने यात्रुहरूलाई क्यू आर कोडबाटै रकम भुक्तानीको व्यवस्था

मेगा बैङ्क : ट्याम्पोमा यात्रा गर्ने यात्रुहरूलाई क्यू आर कोडबाटै रकम भुक्तानीको व्यवस्था

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन १७, २०७७

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेड टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यू आर कोडबाटै रकम भुक्तानीको ब्यवस्था मिलाएको  जनाएको छ । 

काठमाडौँ उपत्यकासहित देशका बिभिन्न ठाउँमा संचालित टेम्पोमा मेगा बैंकले क्यूआरकोडबाटै रकम भुक्तानी गर्ने ब्यवस्था मिलाएको हो । डिजिटल बैंकिङ र नगदरहित कारोबारलाई प्रबद्र्दन गर्ने उद्देश्यले टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यूआर कोडमार्फत रकम भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको मेगा बैंकले जनाएको छ । काठमाडौं उपत्यकाका टेम्पो चालकहरुमार्फत शुभारम्भ गरिएको यो सेवा देशभर बिस्तार गरिने बैंकले जनाएको छ । 

यसैगरी, टेम्पो चलाएर गुजारा चलाउँदै आएका महिलाहरुलाई आर्थिक उपार्जनमा थप टेवा मिलोस् भन्ने उद्देश्यले बैंकले यसअघि नै सहुलियत कर्जा सुविधाको ब्यवस्था समेत गर्दै आएको जनाएको छ ।