कांग्रेसलाई बज्रपात, प्रवक्ता प्रियंका शिवसेना प्रवेश

कांग्रेसलाई बज्रपात,  प्रवक्ता  प्रियंका शिवसेना प्रवेश

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ६, २०७६

भारतीय कांग्रेसको राष्ट्रिय प्रवक्ता प्रियंका चतुर्वेदीले राजीनामा गरेकी छन् । उनी  राष्ट्रिय स्तरका बहसमा कांग्रेसको पक्ष प्रखरताका साथ राख्ने पंक्तिमा आउँथिन्, उनले राजीनामा पत्र कांग्रेस अध्यक्ष राहुल गान्धीलाई पठाएकी छन् । 

नयाँ दिल्ली, एजेन्सी । कांग्रेस प्रवक्ता प्रियंका चतुर्वेदीले पार्टीबाट राजीनामा दिएकी छन् । उनले कांग्रेस अध्यक्ष राहुल गान्धीलाई दुई पाना लामो राजीनामा पत्र पठाएकी छन् । कांग्रेसका वरिष्ठ नेता कपिल सिब्बलले यसबारे प्रतिक्रिया दिंदै भनेका छन्, यो उनको र पार्टीको आपसी मामिला हो ।  राजीनामा पछि ट्विट गर्दै प्रियंकाले लेखेकी छन्, गएको तीन दिनदेखि देशभरबाट मलाई जुन स्नेह र समर्थन प्राप्त भयो त्यसप्रति म पूर्णतया कृतज्ञ र आभारी छु । 

राहुल गान्धीलाई पठाएको पत्रमा उनले लेखेकी छन् म बडो दुखका साथ पार्टीका सबै पदबाट राजीनामा दिंदैछु । दश वर्ष पहिला म पार्टीको विचारधाराबाट प्रभावित भएर पार्टीमा सम्मिलित भएकी थिएँ तर आज राजीनामा गर्न विवश भएँ ।

प्रियंकाले आफ्नो ट्विटर एकाउण्टबाट कांग्रेस पार्टीको नाम पनि डिलिट गरेकी छन् । 

उनले पार्टीमा गुण्डाहरुलाई प्रश्रय दिएको आक्षेप लगाएकी छन् । 

यसै बीच प्रियंकाले शिवसेनामा प्रवेश गर्ने हल्लाका बीच  उनले शिवसेना प्रवेश गरिसकेकि  छन ।