किन्ने होइन त सुन ? ह्वात्तै घट्यो मूल्य

किन्ने होइन त सुन ? ह्वात्तै घट्यो मूल्य

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन १८, २०७७

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातु सुनको मूल्यमा उच्च अङ्कको गिरावट देखिएको छ । अस्थिर रहेको सुनचाँदीको बजारमा आज भने तोलामा नै सुन एक हजार ७०० ले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापवाल सुन तोलामा ८७ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोमबार छापवाल सुन तोलामा ८८ हजार ७०० मा कारोवार भएको थियो । 

यस्तै, तेजाबी सुन तोलामा ८६ हजार ५५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोमबार तेजाबी सुन तोलामा ८८ हजार २५० मा कारोवार भएको थियो । 

यसैगरी चाँदी आज तोलामा  ४० ले घटेको छ । सोमबार रु एक हजार ३३० मा कारोवार भएको चाँदी आज भने तोलामा  एक हजार २९० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।