हार्दिक पटेललाई  झापड

हार्दिक पटेललाई  झापड

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ६, २०७६

काठमाडौं, एजेन्सी
शुक्रबार, गुजरातको सुरेन्द्रनगरस्थित बडवानमा कांग्रेसको चुनावी र्‍यालीलाई सम्बोधन गरिरहेका युवा नेता हार्दिक पटेललाई मञ्चमा पुगेर एक व्यक्तिले झापड हानेका छन् । झापड हान्ने व्यक्तिलाई कांग्रेस कार्यकर्ताले आफ्नो नियन्त्रणमा लिएर कुटपिट समेत गरेका थिए । कुटपिटका कारण ती व्यक्ति अहिले अस्पताल भर्ना भएका छन् ।

यसअघि पंचमहाल लोकसभा क्षेत्रमा भाषण गर्दै गर्दा पटेलले भाजपाले युवाहरुसँग रोजगारको मुद्दामा झुटो बोलेको आरोप लगाएका थिए । पटेललाई झापड हानेको दृष्य अहिले सामाजिक संजालमा भाइरल भैरहेको छ । 
स्मरण रहोस बिहिबार भाजपा नेता जीवीएल नरसिंह राव लाई पत्रकार सम्मेलन आयोजना गरिएको ठाउँमा एक व्यक्तिले जुत्ता फ्यांकेका थिए ।