प्रकाण्डको संयोजकत्वमा विप्लवको वार्ता टोली

प्रकाण्डको संयोजकत्वमा विप्लवको वार्ता टोली

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १९, २०७७

काठमाडौँ – सरकारसँग वार्ताका लागि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि वार्ता टोली गठन गरेको छ।

विप्लव नेतृत्वको नेकपाले प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको हो ।

टोलीमा प्रकाण्डसँगै नेता दीपक चलाउने पनि हुनुहुन्छ । 

यसअघि सरकारले मंगलबार नै विप्लव समूहसँग वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो । समितिमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई समेत हुनुहुन्छ । 

सरकारले वार्ता टोली गठन गरेको सार्वजनिक भए लगत्तै विप्लव समूहले पनि वार्ता टोली गठन गरेको हो ।