मेगा बैङ्क र सिद्धार्थ ग्रुप बिच सम्झौता : होटेल तथा रेष्टुरेण्टहरुमा विशेष छुट

मेगा बैङ्क र सिद्धार्थ ग्रुप बिच सम्झौता :  होटेल तथा रेष्टुरेण्टहरुमा विशेष छुट

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन १८, २०७७

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई सिद्धार्थ ग्रुप अफ बिजनेश हस्पिटालिटीबाट सञ्चालित होटल तथा रेष्टुरेण्टहरुमा विशेष छुटको व्यवस्था गरिएको छ ।

मेगा बैंक लिमिटेड र सिद्धार्थ ग्रुपबिच भएको सम्झौता अनुसार खाना तथा परिकारहरुमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने रुम चार्जमा कर्पोरेट छुटको व्यवस्था गरिएको छ । सिद्धार्थ ग्रुपबाट देशका बिभिन्न स्थानमा २१ वटा होटल, रिसोर्ट तथा रेष्टुरेण्ट संचालित छन् । जसमध्ये काठमाडौं उपत्यकामा ८ वटा होटल तथा रेष्टुरेण्टहरु छन् । 

अत्याधुनिक बैंकिङ सुविधाका साथसाथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले मेगा बैंकले ग्राहकहरुलाई यो छुटको व्यवस्था गरेको समेत बैंकले जनाएको छ ।