बाँसबारी युवा क्लब : पुलचोक स्पोर्टस् क्लबलाई २–० गोल अन्तरले पराजित

बाँसबारी युवा क्लब : पुलचोक स्पोर्टस् क्लबलाई २–० गोल अन्तरले पराजित

लोकसंवाद संवाददाता  |  खेलकुद  |  फाल्गुन १९, २०७७

 ललितपुर । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत२०७७ फागुन १८ गते मंगलबार भएको खेलमा बाँसबारी युवा क्लब विजयी भएको छ ।    

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा बाँसबारीले पुल्चोक स्पोर्टस् क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो । बाँसबारीका लागि दुवै गोल निशान सुनारले गर्नुभएको हो । उहाँले खेलको ४७औँ मिनेटमा पहिलो गोल गर्नुभएको हो । सुनारले नै खेलको ६९औँ मिनेटमा बाँसबारीका लागि दोस्रो गोल गर्नुभएको हो । जीतसँगै बाँसबारीले आठ खेलमा १८ अङ्क जोडेको छ । बाँसबारी लिगको तेस्रो स्थानमा रहेको छ । यस्तै आठ खेलमा दुई अङ्क मात्र जोडेको पुल्चोक स्पोर्टस् क्लब लिगको पुछारमा रहेको छ । लिगमा १२ वटा क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।