भत्काउनु पर्ने  भयो पप्पुको ‘टेकु’ पुल

भत्काउनु पर्ने  भयो पप्पुको ‘टेकु’ पुल

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ६, २०७६

विवादस्पद कम्पनी पप्पु कन्स्ट्रक्सन बीढी नै चर्चामा आउने  गरेको छ । खाशगरि २०७५ भदौमा ठिकुलिया पुलको पिलरमा ठोक्किएर पाँच जनाको निधन भएपछि यस कम्पनीले गर्ने ठेक्का लिएका निर्माणाधिन आयोजनाहरुको खोजविन शुरु भएको हो  

यस पप्पु कन्स्ट्रक्सन प्रा.लि.का मुख्य सञ्चालक हरिनारायणप्रसाद रौनियार पर्सा जिल्ला क्षेत्र नम्बर ३ बाट संघीय समाजवादी फोरमको तर्फवाट निर्वाचित सांसद समेत रहेका कारण पनि बढीनै खोजविन र चासो बढेको हो ।  सांसद रौनियार माथि  देशभर पुल तथा सडक निर्माणको ठेक्का लिने र समयमै काम सम्पन्न नगर्ने कम्पनीको रुपमा सुपरिचित रहेको छ ।

विगतमा यसरी बीचैमा पुल लगायतका आयोजना अलपत्र बनउने कम्पनीमा पप्पु कन्स्ट्रक्सनलाई आरोप छ ।  बबईको पुल प्रकरणमा पप्पुमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले  छानबिन समेत गरेको थियो । पप्पु कन्स्ट्रक्सन को लापरवाही देखिएका आयोजनामा  ९८ करोड ८१ लाखको डडुवा नहर, हरिवन–कौडना १८ करोड, २ लाख टिकुली पुल १४ करोड ३ लाख, कमला पुल २८ करोड १५ लाख, रातु पुल १४ करोड ६४ लाख, औरही पुल १२ करोड २९ लाख, तिलावे पुल ३ करोड ३१ लाख, नौरंगिया पुल २ करोड ८ लाख र पुलजोर पुल १२ करोड २५ लाख रुपैयाँका पुलको निर्माण अलपत्र पारिरहेको छ । 

उल्लेखित पुलका अतिरिक्त पप्पुको नाममा अहिले जोएिको अर्को पुल हो, काठमाडौंको टेकु पुल । निर्माण सम्पन्न भएपनि सढक विभागको पुल महाशाखाले टेकु पुल गुणस्तरहीन भएको र निर्माणमा लापरवाही भएका कारण आफ्नो मातहतमा लिन मानिरहेको छन् । गुणस्तरको विषयमा विवाद भएपछि महाशाखाले अध्ययन टोली खटायो । गुणस्तरहीन काम गरेको भन्दै महाशाखाले उक्त पुल भत्काउनु पर्ने राय राखेको थियो। परामर्शदाताकै सुझावका आधारमा पुल भत्काउने प्रस्ताव महाशाखाले गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको र मध्यस्थकर्ता कहाँ निर्णयार्थ फाइल पेश भएकाले पुल भत्काउनेबारे निर्णय  हुन बाँकी छ । महाशाखाले टेकु पुल अनुसन्धानको जिम्मा पुल्चोक इन्जिनियरिङ कलेजलाई दिएको छ ।

निर्माण कम्पनीले आफूखुसी सामग्री प्रयोग गरी गुणस्तरहीन काम गरेको महाशाखाको दाबी गर्दै आएको छ । गुणस्तरको प्रश्न उठेपछि निर्माण कम्पनीले पाउनु पर्ने अढाइ करोड बढी रकम महाशाखाले रोकेको छ । 

महाशाखाका अनुसार भारतको उसामार्छिन र टाटा कम्पनीको १५.२ एमएमको तार  प्रयोग गर्नु पर्ने सम्झौतामा उल्लेख भएपनि पुलको छत ढलानमा त्यसो नगरेको माहाशाखाको दावी रहँदै आएको छ । 

निर्माण कम्पनीले गुणस्तर जाँच नगरी अरू नै कम्पनीको सामग्री प्रयोग गरेको महाशाखाले जनाएको छ । महाशाखाले गुणस्तर जाँच गर्दा तार गुणस्तरीय नभएको बताएको छ । 

निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सन प्रालिले भने परामर्शदाताको सुझाव अनुसारै निर्माण सामग्री प्रयोग गरेको बताएको छ। 

सम्झौताअनुसार १५.२ एमएमको तार राख्नु पर्नेमा हामीले १५.५४ एमएमको तार राखेका हौं, गुणस्तरहीन होइन कम्पनी मात्र फरक परेको पप्पु कन्स्ट्रक्सनले बताएको छ ।  

एक वर्षअघि नै निर्माण सम्पन्न भए पनि टेकु पुल हस्तान्तरण भएको छैन । निर्माण सम्झौताअनुसार हस्तान्तरण भएको दुई वर्षसम्म तलमाथि भए निर्माण कम्पनी आफैंले बनाउनुपर्ने नियम छ ।

टेकु पुल सय टन क्षमताको हो । निर्माण सामग्रीका कारण यो पुल दीर्घकालसम्म प्रयोग गर्न नहुने महाशाखाको भनाइ छ ।  तर, पप्पु कन्स्ट्रक्सनले केही भए अर्काे नयाँ पुल बनाउने दाबी गरेको छ ।

टेकु पुल ६० मिटर लामो छ । यसको एकापट्टि २० र एकापट्टि १० मिटर लम्बाईमा आरसिसी पिलर गर्नु पर्ने हो ।

बीचको बाँकी ३० मिटर भागमा ‘प्रि–स्टाज कङ्क्रिट तार हाल्नु पर्ने हो । तिनै तारमा समस्या देखिएको महाशाखाको भनाइ छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत (काठमाडौं सस्टेनेबल अर्बन ट्रान्सपोर्ट प्रोजेक्ट) एडिबीको सहयोगमा टेकु पुल निर्माण थालिएको थियो । २२ करोड ६१ लाख ७४ हजार रूपैयाँमा ठेक्का लागेको

यो पुल निर्माण सम्झौताभन्दा केही ढिलो गत साउनमा निर्माण सकिएको थियो ।

अहिले उक्त पुलमा सवारीसाधन गुडाउन रोक लगाइ सकिकिएको छ ।