प्रविधि व्यवस्थापन तथा आविष्कारबारे अन्तर्राष्ट्रिय इञ्जिनीयरिङ सम्मेलन

प्रविधि व्यवस्थापन तथा आविष्कारबारे अन्तर्राष्ट्रिय इञ्जिनीयरिङ सम्मेलन

लोकसंवाद संवाददाता  |  शिक्षा  |  फाल्गुन १९, २०७७

चितवन । भरतपुर महानगरपालिका–११ मा रहेको युनाइटेड टेक्निकल ९यु–टेक० कलेजमा दिगो इञ्जिनीयरिङ र प्रविधि व्यवस्थापनका पछिल्लो आविष्कारबारे अन्तर्राष्ट्रिय इञ्जिनीयरिङ सम्मेलन भएको छ ।

सामाजिक समस्यालाई इञ्जिनीयरिङ र प्रविधिको माध्यमबाट कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित भएर अन्तर्राष्ट्रिय ‘ई–कन्फरेन्स’ गरिएको हो । यु–टेक कलेजका प्राचार्य प्रा डा केशवदत्त अवस्थीले ई–कन्फरेन्सले चितवन र नवलपुर क्षेत्रको शैक्षिकस्तरलाई उच्च तहमा पुर्याएको बताउनुभयो । कलेजले इञ्जिनीयरिङ विषयमा स्नातकोत्तर तहमा अध्ययन गराइरहेको भन्दै अवस्थीले नयाँ–नयाँ खोज र अनुसन्धानसँग रहेका स्वदेश तथा विदेशका इञ्जिनीयरले कार्यपत्र प्रस्तुत गरेका बताउनुभयो ।

चितवनमा नै पहिलोपटक इञ्जिनीयरिङ र प्रविधि व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गरिएको उहाँको भनाइ छ । सो सम्मेलनमा मुख्य वक्ताका रूपमा प्रा डा टेकराज ज्ञवालीले ‘नेपालको पूूर्वाधार विकासमा इञ्जिनीयरिङ कलेजहरू मेरुदण्ड’ तथा लण्डनका डा गारी बलायरले ‘प्रविधि र वातावरण ः सहजीवी सम्बन्धका लागि एक रुपरेखा’ विषयमा धारणा राख्नुभएको थियो । सम्मेलनमा स्वदेश तथा विदेशका १५ भन्दा बढी इञ्जिनीयरले दिगो इञ्जिनीयरिङ र प्रविधि व्यवस्थापनमा पछिल्लो आविष्कार विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको सम्मेलनका प्राविधिक व्यवस्थापक इञ्जिनीयर सुलभ अधिकारीले बताउनुभयो । 

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्याल प्रमुख अतिथि रहेको सम्मेलनमा आइओइ पुलचोक क्याम्पसका प्रा डा रामचन्द्र सापकोटा र पूर्वाधार नीतिविज्ञ डा सूर्यराज आचार्य विशिष्ट अतिथिका रूपमा रहनुभएको थियो । सम्मेलनमा पोखरा विश्वविद्यालयका सम्मेलन सम्पादन प्रमुख डा अञ्जयकुमार मिश्र, पुलचोक क्याम्पसका डा सुरेन्द्र श्रेष्ठ, पोखरा विश्वविद्यालयका परीक्षा प्रमुख डा टेकराज ज्ञवाली, पूर्वपरीक्षा प्रमुख डा भरतराम ढुङ्गाना, पोखरा विश्वविद्यालयका प्रा डा माधवप्रसाद कोइराला, आइओइ पुलचोक क्याम्पसका पूर्वक्याम्पस प्रमुख प्रा डा गोकर्णबहादुर मथुरालगायत अतिथि रहनुभएको थियो ।