राजधानीमा असिना पानी र हावाहुरी

राजधानीमा असिना पानी र हावाहुरी

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ६, २०७६

भर्खरै काठमाडौं उपत्यकामा भारी वर्षा भएको छ। अहिले साँझपख असिना पानी सहित हावाहुरी समेत चलेको थियो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म नेपालको पहाडी भू–भागमा मौसम बदली रहने छ ।  

स्थानीय वायुका कारण राजधानीको मौसम बिग्रिएको महाशाखाले जनाएको छ । स्थानीय वायुको प्रभावमा भएको प्रि– मनसुनको  समयमा यस्तै हुने गर्छ । एकै छिनमा मौसम बदली हुने र एकै छिनमा सफा पनि हुनसक्छ, यो तीन दिनसम्म मौसमको अवस्था यस्तै रहन्छ ।