तोलामा एक हजारले घट्यो सुनको मूल्य

तोलामा एक हजारले घट्यो सुनको मूल्य

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन २०, २०७७

काठमाडौंं । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य तोलामा नै एक हजारले ओरालो लागेको छ । तोलामा  ८७ हजार ५०० मा बुधबार कारोवार भएको छापावाला सुन आजका लागि भने ८६ हजार ५०० मूल्य निर्धारण भएको छ । 

त्यसैगरी बुधबार ८७ हजार ५० मा कारोवार भएको तेजाबी सुन आजका लागि भने तोलामा ८६ हजार ५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । साथै बुधबार एक हजार ३१५ मा कारोवार भएको चाँदी आजका लागि भने तोलामा एक हजार २८५ मूल्य निर्धारण भएको महासङ्घले जनाएको छ ।