प्रभु बैङ्क : तालबाराही मन्दिरमा सङ्कलित भेटी व्यवस्थापनमा गर्न क्यू आर कोड हस्तान्तरण

प्रभु बैङ्क :  तालबाराही मन्दिरमा सङ्कलित भेटी  व्यवस्थापनमा गर्न क्यू आर कोड हस्तान्तरण

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन २१, २०७७

 काठमाडौँ ।  प्रभु बैंक लि. ले तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई संकलित भेटी तथा दक्षिणालाई डिजिटल प्रविधि मार्फत व्यवस्थापन गर्ने हेतुले क्यू आर कोड हस्तान्तरण गरेको जनाएको छ ।

फेवातालको बिचमा रहेको बाराही मन्दिरमा आज विहान एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले क्यू आर कोड हस्तान्तर गर्नुभएको हो । 

यो सुविधा संगै मन्दिरमा भक्तजनहरुले आफ्नो मोबाईल बैंकिङ्ग एप्लिकेसन मार्फत सजिलै दान गर्न सक्नेछन् । नगद कारोबारलाई विस्तारै विस्थापन गरी डिजिटल कारोवार र नगद रहित कारोवारलाई बढावा दिने उद्देश्यका साथ उक्त सेवाको सुरुवात गरिएको हो ।