अन्तर्मनका सुसेली पुस्तक र म्युजिक भिडियो क्षितिजपारीमा: शताब्दीपुरुष सत्यमोहन जोशीद्वारा लोकार्पण

अन्तर्मनका सुसेली पुस्तक र म्युजिक भिडियो क्षितिजपारीमा: शताब्दीपुरुष सत्यमोहन जोशीद्वारा  लोकार्पण

लोकसंवाद संवाददाता  |  साहित्य  |  फाल्गुन २२, २०७७

 काठमाडौँ । कवि तथा गीतकार डी पी दाहाल परिश्रमीको रचनामा अन्तर्मनका सुसेली पुस्तक र म्युजिक भिडियो क्षितिजपारीमाको एक समारोहका बिच लोकार्पण गरियो ।

समारोहका प्रमुख अतिथि शताब्दी पुरुष सत्यमोहन जोशीले अन्तर्मनका सुसेली भित्रका कविता, गीत, र मुक्तकका बारे संक्षेपमा पनि रमाइलो पारामा प्रस्तुत गर्नु भएको थियो । जोशीले अन्तर्मनका कुरालाई लेखकले न्याय गरेर प्रस्तुत गरेको बताउनु भयो । त्यस्तै सङ्गीतकार शम्भुजित बास्कोटाले म्युजिक भिडियो उत्कृष्ठ रहेको र यसले नेपाली सागीतिक क्षेत्रमा एक इँटा थप्ने बताउँदै विगतमा भिडियो सुरुवाती समय बारे, र परिश्रमीको पहिलो एल्बम तिर्सना आफूले गर्दा नै परिश्रमीमा राम्रो सम्भावना देखेको थिए बताउनु भयो ।

डिलाईटेड म्युजिक ईण्डष्टीले आयोजना गरेको सो कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशी, लोकप्रिय सङ्गीतकार शम्भुजित बास्कोटा, र हालै मन्त्री भएर पनि लामो समयसम्म गीत गाएर विश्व रेकर्ड बनाएका सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलाई लेखक डी पी दाहाल परिश्रमीले सम्मान गर्नु भएको थियो । 

कार्यक्रममा सहरी विकास राज्य मन्त्री रामवीर मानन्धर, सङ्गीतकार शम्भुजित बास्कोटा, सांसद यज्ञराज सुनुवार, गीतकार सङ्घका अध्यक्ष शुभ मुकारुङ, सहप्राध्यापक डा.धन प्रसाद सुबेदी, साहित्यकार चेतनाथ धमला, नेपाली गीत नेपाली गीत सङ्गीतका विभिन्न व्यक्तित्वहरू, क्षितिजपारीमा गीतका गायक प्रताप दास, गायिका रचना रिमाल, सङ्गीतकार पुरुषोत्तम न्यौपाने, कलाकार सुधीर श्रेष्ठ, अंशु न्यौपाने लगायत निर्माण टिमका सबैको उपस्थिति रहेको थियो । 

कार्यक्रममा स्वागत हेमराज दाहाल, सञ्चालन नरेश भट्टराई, र धन्यवाद लेखक परिश्रमीले दिनु  भएको थियो ।

म्युजिक भिडियो क्षितिजपारीमा डिलाईटेड युट्युब च्यानल वा यहाँ क्लिक गरेर सुन्न सकिन्छ ।