छोराछोरी भर्ना गराउन भौंतारिँदै पूर्वलडाकु

छोराछोरी भर्ना गराउन भौंतारिँदै पूर्वलडाकु

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ७, २०७६

काठमाडौँ । छोराछोरी पढाउन सहर पसेका जाजरकोट कुसे गाउँपालिका ३ का कर्णलाल जैसी यतिबेला काठमाडौं छाडेर गाउँ फर्कने सोचमा छन् । ३ छोराछोरी पढाउने योजना त्यागेर उनी वर्ष दिन नपुग्दै गाउँ फिर्ने निष्कर्षमा पुगेका हुन् । सरकारले वैशाख २ देखि १६ गतेसम्मलाई विद्यार्थी भर्ना अभियान घोषणा गरेको छ ।

प्रधानमन्त्रीदेखि मन्त्री, सांसद, जनप्रतिनिधि, शिक्षासेवीले अभिभावकत्व ग्रहण गरेर असहाय बालबालिकालाई गत वर्षदेखि नै विद्यालयमा भर्ना गराएका छन् । तर ‘पाटन’ उपनामले परिचित पूर्वलडाकु जैसीको न छोराछोरी विद्यालय भर्ना गराउने सामर्थ्य छ, न त अभिभावकत्व लिइदिने कुनै भरपर्दा सहयोगी भेटेका छन् । त्यसैले उनी शैक्षिक सत्रको सुरुदेखि सिंहदरबारमा विभिन्न मन्क्रालय धाइरहेका छन् । शुत्रबार दिउँसो शिक्षा मन्त्रालयमा भेटिएका उनले भने, ‘छोराछोरी पढाउन नसकिने भइयो, गाउँ फर्कन लागेको छु ।’ गाउँ फिरे पनि छोराछोरी पढाउने योजना भने छैन । घरबाट टाढा छ स्कुल । आजको कान्‍तिपुर दैनिकमा खबर छ ।