ऋषि कट्टेलको नेकपा सदर : ओली-प्रचण्डको नेकपा खारेज

ऋषि कट्टेलको नेकपा सदर : ओली-प्रचण्डको नेकपा खारेज

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २४, २०७७

काठमाडौं । सर्वोच्च अदालतले ऋषि कट्टेलको पक्षमा फैसला सुनाउँदै केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको छ ।

न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले उक्त फैसला गरेको हो । 

निर्वाचन आयोगमा पहिले नै ऋषि कट्टेलको नाममा दर्ता रहेको थियो । तर, २०७५ जेठ ३ मा तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएपछि उक्त पार्टीको नाम पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखी निर्वाचन आयोगमा पेश गरेकोमा आयोगले त्यसलाई मान्यता दिएको थियो । 

आफ्नो पार्टी नेकपाको नामसँग मिल्दोजुल्दो नाम भएको अर्को पार्टी दर्ता गरेको भन्दै उहाँले सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको थियो ।