अदालतको फैसला मान्छौँ, कार्यान्वयन गछौँ : प्रम ओली
फाल्गुन २४, २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको फैसला मान्ने बताउनुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनबाट बाहिरिने क्रममा नेकपाबारे सर्वोच्च अदालतले आज गरेको फैसलासँग सम्बन्धित रही सञ्चारकर्मीले राखेको जिज्ञासामा उहाँले सो फैसला कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

अपराह्न करीब ४ बजे संसद् भवन प्रवेश गर्नुभएका प्रधानमन्त्री ओली करिब आधा घण्टा बसेर फर्किनुभएको थियो । अपरान्ह ४ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको अधिवेशन अहिलेसम्म शुरु भएको छैन । 

सर्वोच्च अदालतले आजै नेपाल कम्युनिष्ट पार्टी ऋषिराम कट्टेलले नेतृत्व गरेकै पार्टीको भएको तथा तत्कालीन नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० अलगअलग राजनीतिक दलका रुपमा साबिककै अवस्थामा कायम रहने फैसला गरिसकेको छ ।