कोहलीको शतकमा बैंग्लोरको दोस्रो जित, कोलकाता १० रनले पराजित

कोहलीको शतकमा बैंग्लोरको दोस्रो जित, कोलकाता १० रनले पराजित
कोलकाताविरुद्ध शतक प्रहार गरेपछि बैग्लोरका विराट कोहली । तस्बिर : आइपिएलटिट्वान्टी डट कम ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख ७, २०७६

काठमाडौं । कप्तान विराट कोहलीले सतक प्रहार गरेपछि रोयल च्यालेन्जर्स बैंग्लोरले इण्डियन प्रिमियर लिग (आइपिएल)मा  दोस्रो जित निकालेको छ ।

शुक्रबार राती भएको खेलमा बैंग्लोरले कोलकाता नाइट राइडर्सलाई १० रनले पराजित गरेको हो ।  

२ सय १४ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओरभमा ५ विकेट गुमाएर मात्र २ सय ३ रन मात्रै बनाउन सक्यो । कोलकाताका लागि नितिश रानाले अविजित ८५ रन जोडे पनि टिमलाई जित दिलाउन सकेनन् । उनले ४६ बल खेल्दै ९ चौका र ५ छक्का प्रहार  गरे । त्यस्तै आन्द्रे रसेलले २५ बलमा ६५ रनको आक्रामक पारी खेले । उनले आफ्नो पारीमा २ चौका र ९ छक्का प्रहार गरे । सुनिल नैरन  १८ रनमा आउट भए । 

बैंग्लोरका डेल स्टेनले दुई विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले २० ओभरमा ४ विकेट गुमाएर २ सय १३ रन बनाएको थियो । उसका लागि कप्तान विराट कोहलीले १०० रन जोडे । कोहलीले ५८ बलमा ९ चौका र ४ छक्का प्रहार गरे । यस्तै, मोइन अलिले २८ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै ६६ रन जोडे ।  

कोलकाताका कुलदिप यादव, आन्द्रे रसेल, ह्यारी गुर्नी र सुनिल नारिनले समान एक विकेट लिए ।