महाधिवेशन सरे कांग्रेस समाप्त हुन्छ : नेता भण्डारी

महाधिवेशन सरे कांग्रेस समाप्त हुन्छ : नेता भण्डारी

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २५, २०७७

चितवन । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले तोकिएको मितिमा महाधिवेशन हुन नसके कांग्रेस समाप्त ९कोल्याप्स० हुने बताउनुभएको छ । पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उहाँले अब भने महाधिवेशन तोकिएकै मितिमा गर्नुपर्ने बताउनुभयो । 
     
उहाँले महाधिवेशन अब सर्न नसक्ने भन्दै पार्टीलाई विधि र पद्धतिमा अगाडि लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “नेपाली कांग्रेस विधिअनुसार अगाडि बढ्नुपर्छ ।”  फरक प्रसङ्गमा उहाँले प्रतिपक्षले अप्ठ्यारोमा परेका समयमा देशको नेतृत्व गर्नुपर्नेमा जोड दिनुभयो । 

पार्टीभित्र कसलाई प्रधानमन्त्री बनाउने भन्ने महसुस हुनसक्ने तर, देशलाई अप्ठ्यारो परेका बेलामा निकास दिनुपर्ने उहाँको भनाइ थियो । सर्वोच्च अदालतले आइतबार गरेको फैसलाको प्रसङ्गमा उहाँले अदालतले गरेको फैसला विधिको विजय भएको टिप्पणी गर्नुभयो ।