राष्ट्रिय उद्योग व्यवसायी महासङ्घको राष्ट्रिय भेला शनिबार

राष्ट्रिय उद्योग व्यवसायी महासङ्घको राष्ट्रिय भेला शनिबार

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २५, २०७७

काठमाडौं । नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासङ्घ आबद्ध उद्योगी तथा व्यवसायीको राष्ट्रिय भेला आउँदो शनिबार राजधानीमा हुने भएको छ । ‘समृद्ध नेपालको आधार राष्ट्रिय पूँजीको विकास र पूर्वाधार’ भन्ने मूल नाराका साथ हुन लागेको भेलामा देशभरका उद्योगी व्यवसायीको सहभागिता हुनेछ  । 
 
भेलालाई नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का दाहाल –नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सम्बोधन गर्ने महासङ्घका केन्द्रीय प्रचारप्रसार समितिका संयोजक श्रीबल्लभ नेपालले जानकारी दिनुभयो । भेलामा उद्योगी व्यवसायीका हकहतिका विषयमा छलफल हुने र निष्कर्ष सरकारलाई हस्तान्तरण गरिने उहाँले बताउनुभयो । भेलाले महासङ्घको घटक सङ्गठनको गठन र केन्द्रीय तथा कार्यालय सदस्य पनि थप गर्नेछ ।