चक्रवर्ती हबि एजुकेसन एकेडेमी : महिला हिंसाका चित्रण गरिएका १२ टिमद्वारा नाटक प्रर्दशन

चक्रवर्ती हबि एजुकेसन एकेडेमी : महिला हिंसाका चित्रण गरिएका  १२ टिमद्वारा नाटक प्रर्दशन

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  फाल्गुन २४, २०७७

काठमाडौँ ।  १११औँ अन्तर्राष्ट्रिय नारी दिवस अर्थात्  ८ मार्चको कार्यक्रम  चक्रवर्ती हबि एजुकेसन एकेडेमीले  विभिन्न कार्यक्रम गरी मनाइएको छ ।                                 

२०७७ फागुन २४  गते सोमबारका दिन चक्रवर्ती हवि एजुकेसनमा  अध्ययनरत  विए.एल.एल.वि. तेस्रो वर्षका विद्यार्थीको आयोजनामा सम्पन्न कार्यक्रममा  महिला हिंसाका विषयलाई चित्रण गरी १२ टिमले नाटक प्रर्दशन गरेका थियो । नाटक प्रतियोगितामा उत्कृष्ट अभिनय प्रस्तुत गरेर टिम रेन्बोले प्रथम स्थान, टिम सूर्य द्दितिय र टिम जीवनले तृतीय स्थान हासिल गरेको थिए ।  

 कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख देवेन्द्र बहादुर भण्डारीले मानव जगत्को सृष्टि गर्ने नारी प्रति सधैँ उच्च सम्मान गर्नु पर्ने बताउनु भएको थियो ।  साथै सम्बोधनका क्रममा दिवांगत आमालाई सम्झेर क्याम्पस प्रमुख भण्डारी भावुक समेत बन्नु भएको थियो ।

कार्यक्रममा लेखक तथा गायक विमला हुमागाईँले महिला सशक्तीकरण र महिला सहभागिताबारे आफ्नो विचार राख्नु भएको थियो ।हरेक वर्ष विभिन्न कार्यक्रम साथ मनाइने अन्तर्राष्ट्रिय नारी दिवस यश वर्ष समाजमा हुने यथार्थ महिला हिंसा, लैङ्गिक विभेद, अन्धविश्वास र कुसंस्कारका घटनालाई नाटक मार्फत प्रस्तुत गर्न र अन्तर्राष्ट्रिय नारी दिवसलाई विशेष बनाउन यो कार्यक्रम आयोजन गरिएको आयोजक टिमकी सदस्य श्रुति झाले जानकारी दिनुभएको थियो  ।