‘झुन्डिन नमिल्ने हिरासतमा कसरी आत्महत्या ?’

‘झुन्डिन नमिल्ने हिरासतमा कसरी आत्महत्या ?’

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ७, २०७६

बिर्तामोड । इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा किशोरको मृत्यु भएको प्रकरणमा मानव अधिकारकर्मीले आत्महत्या नभई प्रहरी यातना नै कारण रहेको औंल्याएका छन् । घटनास्थल अवलोकनपछि उनीहरूले शुक्रबार यस्तो निष्कर्ष निकालेका हुन् ।

मेचीनगर–६ का १५ वर्षीय किरण कार्कीढोलीको हिरासतमा मृत्यु भएको घटना सार्वजनिकपछि मानव अधिकारसम्बद्ध निकायका प्रतिनिधि सम्मिलित टोलीले घटनास्थल अवलोकन गरेको थियो ।

टोलीका अनुसार प्रहरीले किशोर झुन्डिएको भनेको हिरासतको शौचालयमा झुन्डिन सक्ने सम्भावना नै देखिँदैन । ‘घटना प्रकृति हेर्दा झुन्डिने अवस्थै छैन, यातनाबाटै बन्दीको मृत्यु भएको हुनुपर्छ,’ मानव अधिकारकर्मी विष्णु खरेलले भने । प्रहरीले धाराको टुटीमा सर्टको पासो बनाएर झुन्डिएको दाबी गरेको छ । ‘प्लास्टिकको टुटी छ, धारा पनि होचो छ, यस्तो ठाउँमा मान्छे कसरी झुन्डिन सक्ला ?,’ खरेलले भने । आजको कान्तिपुर दैनिकमा खबर छ ।