बिर्तामोडमा प्रदेश नं १ कै सबैभन्दा ठूलो महादेव

बिर्तामोडमा प्रदेश नं १ कै सबैभन्दा ठूलो महादेव

लोकसंवाद संवाददाता  |  समाज  |  फाल्गुन २६, २०७७

झापा । बिर्तामोड–१ स्थित पञ्चकन्यामा ३८ लाखका लागतमा २७ फिटको शिवको प्रतिमा निर्माण गरिएको छ ।  प्रदेश नं १ कै सबैभन्दा ठूलो र आकर्षक शिव प्रतिमाको महाशिवरात्रिका अवसरमा यही  फागुन २७ गते अनावरण गरिने छ ।
    
स्थानीय समुदायको लगानी र व्यवस्थापनमा महादेवको प्रतिमा स्थापना गरिएको आज पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो । नौ फुट अग्लो आधारस्थल बनाएर त्यसमाथि बनाइएको शिवको प्रतिमा कला र सौन्दर्यका हिसाबले प्रदेश नं १ कै उत्कृष्ट र भव्य रहेको निर्माण समितिका संयोजक दीपक दहालले जिकिर गर्नुभयो ।   

प्रतिमाको भित्री भाग फलामे फ्रेमबाट बनेको र आवरणमा फाइबर प्रयोग गरिएको छ । प्रतिमासँगै निर्माण समितिले पूर्वपश्चिम राजमार्गसँग जोडेर प्रवेशद्वार पनि बनाएको छ ।