काँग्रेसका सभापति देउवाद्वारा नयाँ समीकरणको खेल सुरु : माओवादीले बार्ता गर्ने, जसपा 'किङ्ग मेकर' !

काँग्रेसका सभापति देउवाद्वारा नयाँ समीकरणको खेल सुरु : माओवादीले बार्ता गर्ने, जसपा 'किङ्ग मेकर' !

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २५, २०७७

 काठमाडौँ ।  पछिल्लो राजनीतिक गतिरोधका बिचमा संसद्को दोस्रो  ठुलो दल नेपाली काँग्रेस सरकार बनाउने गरी नयाँ समीकरण निर्माणको प्रक्रियामा अघि बढेको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वयंको अग्रसरता काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालको संयुक्त सरकार बनाउने आन्तरिक गृहकार्य सुरु गरेको बुढानीलकण्ठ श्रोतले जानकारी दिएको छ । 

संसद् सङ्ख्याको अङ्क गणित हेर्दा दोस्रो  ठुलो नेपाली काँग्रेसको पक्षमा मतदान गर्न पाउने हाल ६१ सांसद छन् । नेकपा माओवादी केन्द्रको ५३ जना भए पनि ओली सरकारमा मन्त्री बनेकाहरू माओवादी केन्द्रमा फर्किने वा नफर्किने  निश्चित भइसकेको छैन । उनीहरूलाई नगन्ने हो भने पनि माओवादी केन्द्रसँग ४८ सांसद रहनेछन् । यसैबिच जनता समाजवादी पार्टी पनि अब 'किङ्ग मेकर'  बन्ने अवस्थामा पुगेको छ । जस पाका बहालवाला ३२ सांसद रहेका छन् भने दुई जना निलम्बित छन् । काँग्रेस, माओवादी केन्द्र र जसपाको संयुक्त समीकरणमा गठबन्धन बन्दा सुविधाजनक सङ्ख्या १४१ सांसद पुग्छ। जुन सङ्ख्या बहुमतको सरकार बनाउन काफी रहेका छन् । स्मरण रहोस् संसद्मा बहुमतको सरकार बनाउन १३८ जना सांसद संसद् आवश्यक पर्दछ ।

केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थनबारे निर्णय गर्न नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को बैठक बसेर नेपाली कांग्रेस र राजपासँग बार्ता गर्ने निर्णय समेत गरेको छ ।  सरकारलाई दिइएको समर्थनबारे दिउँसो १ बजे  बस्ने बैठकले निर्णय लिने अपेक्षा  गरिएकाे भए पनि बार्ता पछि  मात्र  निर्णय  लिएकाे प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकरी  दिएका छन्   ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने सम्भावना न्यून रहेको बताइन्छ । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पुरानो अवस्थामा फर्काउने गरी फैसला गरेपछिको पहिलो पटक माओवादी केन्द्रको बैठक बसेकाे थियाे । 

राजनीतिक तरलता कै बिचमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज नै मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको छ। उक्त बैठकमा सरकारले पेस गर्न खोजेका अध्यादेश र विश्वासको मत लिने कि राजीनामा दिने भन्ने विषयमा समेत निर्णय हुन सक्ने अवस्था छ ।

अदालतको फैसला पछि २०७५ जेठमा एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टीको संसदीय दल  र केन्द्रीय  समितिमा अल्पमतमा रहेको ‌ओली समूहलाई एमाले हुँदा दुबैमा 'कम्फर्टटेबल' बहुमत पुग्ने देखिन्छ ।

केन्द्रीय कमिटीको समीकरणमा पनि ओली बहुमतमा देखिएका छन् । एमालेको नवौँ महाधिवेशन, त्यसयता मनोनीतहरूको सङ्ख्यालाई गणना गर्दा पार्टी एकताअघि २ सय ५ सदस्य रहेको देखिन्छ । अहिले एमाले केन्द्रीय कमिटीको लगभग सङ्ख्या १ सय ९५ रहन्छ । कारण विभिन्न ठाउँमा भएका नियुक्ति र केन्द्रीय सदस्यको निधन हो । यसरी केलाउँदा अध्यक्ष तथा प्रधानमन्त्री ओलीका पक्षमा १ सय ३ जना जति केन्द्रीय सदस्य रहेको एमाले स्रोत प्रतिनिधि सभाका १ सय २० सांसद कायम रहेका छन् । माधव नेपालका पक्षमा ४० देखि ४२ सांसद रहेका छन् भने  बाँकी ओली पक्षमा रहेको बताइन्छ। अझ केही सांसदहरू तटस्थ रहेको बताउँदै आएका छन् ।