डिसहोम 'गाे' : अब मोबाइलमै टेलिभिजनका ७० वटा च्यानल  हेर्ने सुविधा

डिसहोम 'गाे' : अब मोबाइलमै टेलिभिजनका ७० वटा च्यानल  हेर्ने सुविधा

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  फाल्गुन २५, २०७७

 ललितपुर । डिशहोमले आफ्ना ग्राहकहरूलाई मोबाइलमै टेलिभिजन हेर्ने सुविधा  डिसहोम 'गाे'  (DishHome GO)   सुरु गरे यता २० वटा च्यानल मात्र सञ्चालन भइरहेकोमा, अव देखि ७० वटा च्यानल हेर्न मिल्ने गरी सेवा थप गरेको  जनाएको छ ।

यससङै डिसहोम 'गाे' एपले भिडियो अन डिमान्ड सेवा पनि सुरु गरेको छ, जसमा आफूले चाहेको समयमा अङ्ग्रेजी, हिन्दी तथा नेपाली सिरिज, फिल्म, सर्टफिल्महरु हेर्न सक्ने बाल्यावस्था मिलाइएको जनाएको  छ ।

कम्पनीले आफ्नो डीटीएच सेवा प्रयोग गरिरहेका ग्राहकहरूलाई इन्टरनेटमार्फत मोबाइलमै टेलिभिजन हेर्न दिने गरी केही समय अघि नै डिसहोम 'गाे' मोबाइल एप ल्याएको थियो ।

डिशहोमले सेट टप बक्समा उपलब्ध टेलिभिजन च्यानलहरूलाई इन्टरनेटको ओटीटी प्रविधिमार्फत मोबाइलमा उपलब्ध गराएको हो । कम्पनीका अनुसार यो एप प्रयोगका लागि थप कुनै शुल्क लाग्ने छैन । डिशहोम प्रयोगकर्ताले डीटीएच कनेक्सनको कस्टमर आइडी प्रयोग गरी निःशुल्क रुपमा यो सेवा प्रयोग गर्न पाउने छन् ।
डिशहोमका प्रयोगकर्ताले एन्ड्रोइडका लागि गुगल प्ले स्टोर र एप्पलका लागि एप स्टोरबाटे  डिसहोम 'गाे' ओटीटी एप डाउनलोड गरी यो सेवा प्रयोग गर्न सकिने समेत डिसहोमले जनाएको छ  ।