इन्ष्टिच्युट अफ म्यानेजमेन्ट स्टडिजमा नवीन चौहान

इन्ष्टिच्युट अफ म्यानेजमेन्ट स्टडिजमा नवीन चौहान

लोकसंवाद संवाददाता  |  शिक्षा  |  फाल्गुन २६, २०७७

काठमाडौँ । थापाथली स्थित इन्सिच्युट् अफ म्यानेजमेन्ट् स्टडिज् (आइएमएस) कलेजको म्यानेजमेन्ट परिवर्तन भएको छ । सन् २००४ देखि सुरु भएको आइएमएसको अध्यक्षमा नवीन चौहान आएका छन् । विगत १५ वर्षदेखि शैक्षिक क्षेत्रमा रहेका चौहान लिभरपुल कलेजका सञ्चालक एवम् सह–प्राचार्य समेत हुन् । चौहानको टिममा काठमाडौंका ख्याति प्राप्त संघ संस्थाहरुमा आबद्ध शैछिक तथा प्राज्ञीक ब्यक्तित्वहरुको संलग्नता रहेको छ ।   

‘विद्यार्थीलाई आत्मनिर्भर बनाइ जब मार्केटमा लैजान पाँच वटा कम्पनीसँग सम्झौता (एम ओ यू) भएको छ’, अध्यक्ष चौहानले भने, ‘अब कलेजलाई नयाँ सिराबाट अगाडि बढाउँछौं ।’

आइएमएस कलेजले प्रोसर नेपाल र जेनिश क्लाउड एकेडेमी जस्ता अन्तराष्ट्रिय आइटी कम्पनी, ट्यालेन्ट्स् कनेक्ट्स (एच आर कम्पनी) र सेक्युरिटिज कम्पनिहरु सँग सम्झौता गरेको छ । आइएमएसले अबको पठनपाठन विद्यार्थी तथा प्रविधि केन्द्रित हुँदै उनीहरूको व्यक्तित्व विकासलाई मध्यनजर गर्दै स्वदेश तथा विदेशमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने खालको हुनेछ । देशभित्रका बिजनेस अर्गनाजेशनको आवश्यकतानुसारको मेनपावर आइएमएसले तयार गर्छ । विभिन्न विषयका ख्यातिप्राप्त प्रोफेसरहरूलाई नियमित तथा भिजिटिङ् क्लासमा सरिक गराई नेपालको उच्चस्तरिय बिजनेस कलेजको रूपमा अगाडि बढाउने प्रतिवद्धता अध्यक्ष चौहानले गरे ।
उच्च शिक्षाका लागि विद्यार्थी विदेश पलायन हुने क्रम तिव्र छ । यसलाई रोक्दै नेपालमै विश्व स्तरको शिक्षा प्रदान आइएमएसमा गरिने उनले बताए । 

आइएमएसमा त्रिभुवनविश्वविद्यालय अन्तर्गतको  BBA, BIM / BBS  कोर्स पढाइ हुँदै आएको छ ।