मस्तिष्कका मृत कोशिकालाई जिउँदो बनाउन सकिने‍‍‍‍

मस्तिष्कका मृत कोशिकालाई  जिउँदो बनाउन सकिने‍‍‍‍

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  बैशाख ७, २०७६

वैज्ञानिकहरुको दावी छ कि अब मृत मुटुलाई जिउँदो बनाएर काम चलाए जस्तै मस्तिष्कका मृत कोशिकालाई पनि जिउँदो बनाउन सक्ने सफलता मिलेको छ । 

अमेरिकाको  यल युनिवर्सिटी का अनुसन्धानकर्ताले चार घंटा पहिले मरेको एउटा सुँगुरको  मस्तिष्कलाई  विशेष रसायन को मद्दतले जिउँदो बनाउने सफलता प्राप्त गरेका छन् । अनुसन्धानकर्ताका अनुसार भविष्यमा यो अनुसन्धान  हार्ट अटैक तथा  स्ट्रोक पीड़ितको उपचारको लागि उपयोगी हुनसक्छ । साथै  मस्तिष्कघात को विषयमा उपचार तथा अनुसन्धानका लागि पनि यो विधि थप कारगर सावित हुनसक्छ । 

प्रमुख अनुसन्धानकर्ता तथा न्युरोसाइन्स विभागका प्राध्यापक नेनाद सेस्टनका अनुसार एक विशेष रसायनका माध्यमले चार घण्टा पहिले मरेको सुँगुरको मस्तिष्कलाई आशिंक रुपले भएपनि जीवित बनाउन सकिएकाे छ । मस्तिष्क कोशिका पुनर्जीवित हुँदा मस्तिष्क भित्र हुने सबै संचार प्रणाली सक्रिय हुन्छन् । वैज्ञानिकका अनुसार यस प्रयोग उप्रान्त मस्तिष्कले पुनः काम गर्न थालेको होइन वरन मस्तिष्कको कोशिका सक्रिय मात्रै भएका हुन् ।  

अनुसन्धानमा संलग्न यल युनिवर्सिटीको न्युरोसाइन्स विभागका अर्का प्राध्यापक वोनिमीर वरसेल्जाका अनुसार यसले मृत मस्तिष्कलाई जीवित भन्न सकिंदैन किनकि यसले सोच्ने विचार गर्ने क्षमता पुनः प्राप्त भएको होइन् । तर पनि यसको प्रयोग मस्तिष्क पक्षघात तथा दुर्घटनामा मस्तिष्कका केही कोशिकामा क्षति पुगेको अवस्थाका लागि विशेष कारगर हुनसक्छ । 

एजे‌सीकाे सहयाेगमा