वरिष्ठ पत्रकार खरेल सहित चार जना पुरस्कृत

वरिष्ठ पत्रकार खरेल सहित चार जना पुरस्कृत

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ७, २०७६

रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानले समाजमा विशिष्ट योगदान र अनुकरणीय कार्य  गरेको भनी   चार वटा विधाका चार जनालाई  आज २०७६ वैशाख ७ गते शनिवारका दिन पुरस्कृत गरिएको छ ।

यसरी पुरस्कृत हुनुहुनेहरुमा  रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कारबाट यस पटक ललितपुरका डा. केदार बुढाथोकीलाई, गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार सुनसरीकी श्रीमती दुर्गा घिमिरेलाई र अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कारबाट काभ्रेपलान्चोकका प्राध्यापक परशुराम खरेल( पी.खरेल) लाई सम्मान सहित रु एक लाख एघारहजर एक हजार एक सय एघार रुपियाँ प्रदान गरिएको गरिएको थियो ।  

त्यसै गरी यो वर्षको देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कारबाट दैलेखका बालक यामबहादुर वि.क.लाई पदान  गरिएको थियो । उक्त पुरस्कारको राशि एकाउन्न हजार एक सय एघार रुपैयाँ रहेको छ ।
प्रतिष्ठानका संस्थापक स्व.श्रीप्रसाद ओलीद्धरा खडा गरिएको एक करोड रुपैयाँको कोषको ब्याजबाट प्रत्येक वर्ष प्रदान गरिदे आएको यो पुरस्कार छैटौँ  पटक प्रदान गरिएकाे प्रतिष्ठानले जनाकारी दिइएको  थियो ।

 काठमाडौँ,कमलादी स्थित नेपाल प्रज्ञा प्रतिगष्ठानमा वाङमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा सम्मन्न कार्यक्रममा विशिष्ट अतिथिको रूपमा नेपाल प्राज्ञ प्रतिष्ठाका उपकुपति गंगाप्राद उप्रेती र पूर्व उपप्रधानमन्त्री सिपी मैनाली लगायतका महानुभावहरूले पुरस्कृत व्यक्तिहरूलाई सम्मान गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष गङ्गाप्रसाद ओलीको अध्यक्षतामा भएको उक्त सम्मान समारोहका चारै जना पुरस्कृत व्यक्तिहरू र अतिथिहरूले  आआफ्नो धारणा राख्नु भएको  थियो ।