सामुदायिक रेडियो प्रसारक सङ्घमा अर्जुन गिरी

सामुदायिक रेडियो प्रसारक सङ्घमा अर्जुन गिरी

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २७, २०७७

काठमाडौँ।  सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब)को अध्यक्षमा अर्जुन गिरी निर्वाचित हुनुभएको छ । २०७७ साल फागुन २७ गते बिहिबार सम्पन्न चुनावमा अध्यक्षमा अर्जुन गिरीले ६१ मत ल्याउनु भएकाे थियाे भने  प्रतिद्वन्द्वी कपिलदेव खनालले १४ मत प्राप्त भएको  थियाे खसेकामध्ये  तीन मत बदर भएको अकोराबले जनाएको छ । 

काठमाडौँमा सम्पन्न अकोराबको पन्ध्रौँ साधारण सभा तथा सातौँ अधिवेशनले गिरी अध्यक्ष रहने गरी ३२ सदस्यीय नयाँ कार्यसमितिकाे समेत निर्वाचित गरेकाे छ । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा  विष्णु अवस्थी, मधेशी उपाध्यक्षमा निमेष कर्ण, महिला उपाध्यक्षमा वन्दना दनुवार, जनजाति उपाध्यक्षमा मिलन गाहामगर र दलित उपाध्यक्षमा भुवन सिंह निर्वाचित भएका छन् । 

यस्तै महासचिवमा किशोरजंग थापा, सचिवमा सुदर्शन खतिवडा र कोषाध्यक्षमा सरोज पौडेल चुनिएका छन् । अध्यक्षबाहेक अन्य पदमा सर्वसम्मतिले चयन गरेको समेत जनाइएको छ ।