राहुल गान्धीको नामांकन पत्र खारेज हुनसक्ने

राहुल गान्धीको नामांकन पत्र खारेज हुनसक्ने

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ७, २०७६

राहुलले निर्वाचनमा नामांकनका लागि पेश गरेको नागरिकता र डिग्री माथि प्रश्न चिन्ह लागेको छ । यी दस्तावेजमा उनको नाम राउल विंची लेखिएको पाइएको छ । 

काठमाडौ । कांग्रेस अध्यक्ष राहुल गान्धीको नाममा नयाँ विवाद जोडिएको छ । भारतको राजनीतिक वृत्तमा उनको निर्वाचनको लागि गरिएको नामांकन खारेज हुनेसम्म सम्भावना देखिएको छ । 

समाचार अनुसार उत्तर प्रदेशको अमेठी निर्वाचन क्षेत्रमा राहुल गान्धीद्वारा दर्ता गरिएको नामांकन पत्रमाथि आपत्ति दर्ता भएको छ । आपत्तिमा राहुलको नागरिकता र उनको डिग्रीमाथि प्रश्न उठाइएको छ । उनीसँग ब्रिटिश नागरिकता भएको आपत्ति पत्रमा उल्लेख गरिएको छ । 

आपत्ति दर्ता गराउनेमा अमेठीका निर्दलिय प्रत्याशी ध्रु्रव कौशलका वकिल अफजल वारिस, सुरेन्द्र चन्द्र, सुरेन्द्र कुमार शुक्ला रहेका छन् । उनीहरुले राहुल गान्धकिो नामांकन खारेज गर्ने माग गरेका छन् । यी

सबैले राहुल गान्धीले गलत दस्तावेज प्रस्तुत गरेर निर्वाचन आयोगलाई गुमराह गर्ने काम गरेको आरोप लगाएका छन् । 

यसका अतिरिक्त राहुल गान्धीमाथि इंग्लैन्डमा भएको आफ्नो कम्पनीको उल्लेख नगरेको आरोप लागेको छ ।