एमालेमा 'तुच्च' शब्दबाणको सकस: कदम चाल्ने ओली 'सफल' किनाराका साक्षी नेपाल समूह 'असफल' !

लोकसंवाद टिप्पणी

एमालेमा 'तुच्च' शब्दबाणको सकस: कदम चाल्ने ओली 'सफल' किनाराका साक्षी नेपाल समूह 'असफल' !

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २८, २०७७

गत आइतबार सर्वोच्च अदालतको फैसलाले एकीकरण भइसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई पुरानै अवस्थामा फर्काइदियो । तीन वर्षदेखि एउटै कमिटीमा रहेका तत्कालीन एमाले र माओवादी केन्द्रका नेताहरू सर्वोच्चको फैसला लगत्तै आ-आफ्नो भागको कुम्लो कुटुरो बोकेर पुरानै थातथलोतिर लाग्न बाध्य भए । पूर्व माओवादीका नेताहरू रामबहादुर थापासहितका केही नेताहरू भने एमालेभित्रै विलयको लागि उपयुक्त अवसरको पर्खाइमा रहेका छन् । 

नेकपाभित्रको आन्तरिक विवाद र प्रतिनिधिसभा विघटनको घटनामा प्रधानमन्त्री तथा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओलीविरुद्ध एक भएका प्रचण्ड र माधव नेपालको समूह सर्वोच्चको फैसलासँगै अलग अलग भएको अभिनय गरिरहेका छन् । सर्वोच्चको फैसलासँगै माधव नेपालसहितका नेताहरू एमालेमा नै फर्किएका छन् । नेकपा खारेज भएर एमाले र माओवादी बनेपछि बुधवारको प्रतिनिधिसभाको बैठकमा नेताहरू सोही अनुसार नै विभाजित अवस्थामा बस्नेदेखि  प्रस्तुत  हुने काम भए । 

३ जेठ, २०७५ मा पार्टी एकता हुनुअघिजस्तै एमालेका वरिष्ठ नेता झलनाथ खनाल ओलीपछिको दोस्रो बरीयताको हैसियतमा र त्यसपछि माधवकुमार नेपाल तथा अन्य नेताहरू वरिष्ठताका आधारमा सत्तापक्षको रोहमा बसे  । 

यसबाट तत्कालीन एमालेमा पुनर्मिलनको झल्को देखिन्थ्यो । बैठकबाट बाहिरिने क्रममा नेताहरुले पनि सन्तुलित अभिव्यक्ति दिने असुहाँदिलाे कोसिस गरेको प्रस्टै देखिन्थ्यो । नेता खनालले केपी ओली नेतृत्वको सरकार जोगाउन लागिपर्ने बताए । उनी सर्वोच्चको फैसला मार्फत नेकपा बदर गर्ने फैसला अघिसम्म पनि ओलीका आक्रामक आलोचक  रहेका  थिए । सर्वोच्चको फैसलाले एमालेलाई ब्युँताइदिएपछि माधव नेपाल पक्ष पुनः ओलीविरुद्ध नरम रुपमा प्रस्तुत हुन थालेको त छन् । तर विना सर्त  'लुरुलुरु' एमालेको  पार्टी पङ्क्तिमा आएका माधव नेपाल समूहलाई हालसम्म सँगै बस्ने र बैठकसम्म राख्ने काम नभएको भनेर पुनः बैठक बेलाउन अनुनय विनय गर्ने अवस्थामा पुर्‍याइदिएका छ । राजनीतिक समीकरण नै बदलिदिने गरी सर्वोच्चको फैसला आएपछि 'बाध्यात्मक मिलन' को बाटो जटिलतामा मोडिएको छ । यद्यपि एमालेमा माधव नेपाल पक्षसँग ओली पक्ष भने अझै आक्रमण गरेर किनारा लगाउने  रणनीतिमा देखिएको छ । 

एमालेको  विघटन गरी नेकपा निर्माण गर्ने कार्य, पार्टीको बिचारका रुपमा  रहेको  जनताको बहुदलीय जनवादलाई त्यागी 'जनताको जनवाद' अपनाउन सहमित गर्ने, करिब दुई तिहाइ सङ्ख्या कायम रहेको प्रतिनिधि सभा विघटनको कदम अस‌बैधनिक भन्दै पुनर्स्थापना हुँदादेखि एमालेको पार्टी भावनात्मक रुपमा विभाजन हुँदा नवौँ महाधिवेशनबाट झिनो मतले विजयी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली 'सफल' तर उल्लेखित महत्त्वपूर्ण परिघट्नाहरुमा फड्के किनाराका साक्षी बस्ने तथा 'रुन्चे स्वर'मा असहमति  जनाउने माधव नेपाल समूह 'असफल' भएको भन्दै 'कुन मुखले एमाले हुने' जस्ता 'तुच्च' शब्दबाणबाट अपमानित गर्न सुरु गरिएको छ ।  

अहिलेसम्मको परिस्थिति निर्माण हुनुमा ओली दोषी रहेको भन्दै पुनर्स्थापित एमालेमा ओलीको शैली कायम रहेमा सम्झौता हुन नसक्ने बताइरहेका छन् । एमालेका दुवै खेमा आफ्नो अडानमा कायम रहँदा पार्टी ब्युतिएपनि भावनात्मक र संगठनात्मक रुपमा एमाले एक हुने सम्भावना न्यून हुँदै गइरहेको छ  । यसले एमालेलाई पुनः विभाजनकै तहसम्म नपुर्‍याउला भन्न सकिन्न ।

ओली पक्षका कतिपय नेताले त ओलीको आलोचना गरेकोमा माफी माग्नु पर्नेसम्मका अभिव्यक्ति बर्साउन थालेका छन् ।  त्यसैले सर्वोच्चको फैसलाले तीन वर्षपछि एमालेलाई पुनः अस्तित्वमा ल्याए पनि त्यहाँभित्रको पुनर्मिलन भने सहज देखिएको छैन । बुधवार कैलालीको धनगढीमा ओली र नेपाल पक्षका कार्यकर्ताबिच कुटाकुट भयो । सुदूरपश्चिम प्रदेशको अध्यक्ष र इन्चार्जको नेमप्लेट राख्ने क्रममा दुई पक्षबिच झडप भएको हो । सुदूर पश्चिम प्रदेशका इन्चार्ज भीम रावल हुन् । तर ओली पक्षले नेकपा माओवादी केन्द्रमा रहेका नेता लेखराज भट्टको नाम इन्चार्जका रुपमा राखेपछि झडपको अवस्था आएको थियो । 

एमाले र माओवादीसँग एकतापछि पनि रावल इन्चार्ज थिए । तर ५ पुसमा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध आन्दोलनमा रहेका रावललाई हटाएर ओली पक्षले भट्टलाई इन्चार्ज बनाएको थियो । भट्ट पूर्व माओवादीबाट मन्त्री भए पनि ओली पक्षमा लागेका छन् । धनगढी त एउटा उदाहरण मात्रै हो । देशै भरी ओली र माधव नेपाल पक्षबिच तिक्तता बढेको छ । ओली पक्षले भने देशभर पार्टी कार्यालयमा बोर्ड राख्दा समेत केपी ओलीको फोटो राख्न थालेको छ । यस कार्यको नेपाल–खनाल पक्ष विपक्षमा छ । 

त्यसो त प्रतिनिधिसभाको उपस्थितिले एमाले एक भएको सन्देश दिए पनि व्यवहारिक रूपमा शीर्ष नेताहरूबिच अनौपचारिक संवाद  समेत हुन सकिरहेका छैनन् । दुवै पक्ष आफ्ना छलफलमा नै लागेका छन् । ओली पक्षले सरकारलाई माओवादी केन्द्रले दिएको समर्थन फिर्ता गरेको अवस्थामा सरकार बचाउन आवश्यक बहुमतका लागि जनता समाजवादी पार्टीसँग वार्तालाई अगाडि बढाएर कार्यदलकाे चरणमा पुर्‍याएको छ ।  तर यो वार्तामा नेपाल पक्षलाई पूर्णतया बेवास्ता गरिएको छ । जसले ओली सरकार टिकाउन १८ संसद्को खोजीमा जनता समाजवादी पार्टीसँग सहमति खोजी रहँदा करिब चार दर्जन सास रहेको माधव नेपाल समूहलाई ढोका बाहिर नै राखेर समाधान खोज्ने काम भइरहेको छ । 

 यी सबै घट्नाले नेपाल पक्ष एमाले एकताबद्ध हुने वा असहज अवस्था आउने भन्ने अवस्था ओलीमा नै निर्भर रहन्छ ।  शीर्ष तहका नेताहरू संवादहीन अवस्थामा रहेका बेला दोस्रो पुस्ताका नेताहरू पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउने भन्दै संवादमा जुटेका छन्। यस्ता संवादले पनि अहिलेसम्म निकास भने निकाल्न सकेको  अवस्था छैन ।

एमाले र माले विभाजित हुँदा भन्दा अहिले दुई पक्षबिच एकर्कामा आरोप लगाउने, खिज्याउने र असहिष्णु किसिमका अभिव्यक्ति दिने गरेका कारण दुई पक्षबिच संवादको वातावरण बन्न नसक्नुको मुख्य कारण हो ।  ओली पक्षले खनाल–नेपाल पक्षलाई एमालेमा फर्किएको भन्दै सुध्रिनुपर्ने र आत्मालोचना गर्नुपर्ने बताइरहेका छन् ।

खनाल–नेपाल पक्ष भने अदालतको फैसलाले एमाले ब्युँताएको भन्दै यी अभिव्यक्ति गलत भन्दै  अस्वीकार गरिरहेका छन् । यो पक्ष अहिलेसम्मको परिस्थिति निर्माण हुनुमा ओली दोषी रहेको भन्दै पुनर्स्थापित एमालेमा ओलीको शैली कायम रहेमा सम्झौता हुन नसक्ने बताइरहेका छन् । एमालेका दुवै खेमा आफ्नो अडानमा कायम रहँदा पार्टी ब्युतिएपनि भावनात्मक र संगठनात्मक रुपमा एमाले एक हुने सम्भावना न्यून हुँदै गइरहेको छ  । यसले एमालेलाई पुनः विभाजनकै तहसम्म नपुर्‍याउला भन्न सकिन्न ।  त्यसमाथि पनि माओवादी केन्द्रबाट एमालेमा विलय भएका नेताहरुलाई व्यवस्थापन पनि चुनौतीका रुपमा खडा भएको छ ।