प्रतिपक्षको धर्म

कथा

प्रतिपक्षको धर्म

सीताराम नेपाल  |  समाज  |  बैशाख ७, २०७६

........‘लौ हेर, कस्तो कुरा गर्‍या होला ? भर्खर कुर्सीमा बस्याछ भन्दैमा विरोधीले विरोधीको विरोध गर्न छाड्नु हुन्छ र भन्या ? प्रचारवाजीले गाँजेको आजको युगमा विरोध गर्ने वेला भएको छैन भनी पर्खेर बस्नु भनेको आकाशको पोटिलो फल झर्ला र खाउला भनी पर्खेर बस्नु जस्तै हुन्छ । महामूर्खले समेत यस्तो गल्ती गरोइन । विरोधीलाई त्यसै छाडी दिने हो भने अरूले बिनासित्ती किन राजनीति गर्नु पर्‍यो ? खरानी घसेर कमण्डलु बोकी ‘भिक्षां देही’ भन्दै भिक्षा माग्न हिँडे भैहाल्यो नि !’ चढ्दो गर्मीको तराईको रापजसरी सभाका प्रमुख अतिथिको भाषणको ताप बढ्यो । उनी ७५ नाघेका बृद्ध र नरम मिजासका धनी कहलिन्छन् । तर यो कार्यक्रममा उनी (निक्कै) अस्वभाविक ढङ्गले जोशिए । उनको त्यो जोश उनको लामो राजनीतिक जीवनमा यदाकदा मात्र देखिन्छ, जानिफकारहरू यसो भन्छन् । 

‘ऊ पूर्वाग्रही छैन, निस्पक्ष छ, उसमा सबैलाई समेटेर केही गरौं भन्ने भावना छ, ऊ सोच्छ छ, नयाँ सरकारलाई काम गर्न दिनु पर्छ’– तपाईँहरूको भनाइ यही होइन त ?’ 

‘हो, नेताज्यू, त्यै हो ।’ 

‘यसो गर्नु भनेको हामी चाँढै सिद्धिने बाटो लाग्नु हो । .....तपाईँहरू हेर्दै जानुस्, अब हामी झन् ओरालो लाग्छम् । खत्तम् हुन्छम् हामी ! आफ्नो सत्यानासलाई आफै निम्तो दिदै छम् हामी । ‘बिनासकाले विपरीत बुद्धि’ भनेको यही हो ।’ चिन्ताग्रस्त मुद्रामा नेता कड्के । सभामा सन्नाटा छायो ।

आफूलाई अलि खुकुल्याउदै आवाजमा नरमपना मिसाएर नेता बोल्दै गए–‘अब लौ सुत्रुस् मेरो कुरा । उसको पक्षबाट हेर्दा तपार्इँहरूले भनेको कुरा सत्य हो । हेर्नुस् हामीमा बस्तु, घट्ना, परिस्थितिलाई हेर्ने दृष्टिकोण प्रष्ट हुनुपर्छ । राजनीतिमा यो नभै नहुने कुरा हो । तटस्थ आँखाले सरकारलाई हेर्ने काम न्यूट्रल बुद्धिजीवीहरूको हो, हाम्रो हैन । हामीले त्यो दृष्टिबाट हेर्नु हुँदैन । सत्तारुढहरूको दृष्टिले हेर्दा परोक्ष वा प्रत्यक्ष फाइदा उनीहरूलाई नै हुन्छ । उनीहरूलाई फाइदा पु¥याउनु भनेको हाम्लाई बेफाइदा(घाटा) हुनु हो । हामीले सर्वप्रथम यो नबुझी नहुने कुरा हो । त्यो दृष्टिकोणबाट हेर्न थाल्यौँ भने हामी ठूलो राजनीतिक भड्खालोमा पर्ने छौँ । अनि कहिल्यै माथि उठ्न सक्ने छैनम् । त्यसैले हरबखत हामीले हाम्रो पक्षबाट हेर्नु पर्दछ, प्रतिपक्षमा भएको बेलामा हरदम् प्रतिपक्षको दृष्टिले हेर्नु पर्दछ । अनिमात्र हामी ठीक ठाउँमा हुन्छौं । हाम्रो राजनीति ठीक ठाउँमा हुन्छ । यो त भयो दृष्टिकोणको कुरा । 

यतिवेला विभिन्न कारणले तपाईँ प्रतिपक्षमा हुनुहुन्छ, तपाईँको राजनीतिक भूमिका कसरी सशक्त र प्रभावकारी बन्न सक्छ ? यो कुरालाई गहिरोसँग सोच्नुहोस् त ! प्रतिपक्षले सबै भन्दा सजिलोसँग आफ्नो भूमिका सशक्त बनाइ राख्न सत्तारुढ दल र त्यसका अगुवाहरू र सरकारको विरोध गर्नु पर्छ । यो राजनीतिको अनिवार्य नियम को । जनतालाई आकर्षित पार्न, निरास हुन नदिन, आफ्नो प्रभावका मानिसलाई विपक्षीको वारेमा सकारात्मक हुन नदिन समेत सरकारले केही त्रुटी नगर्दै तपाईँले आफ्नो दिमागबाट उसले गरेको त्रुटी जन्माउनुस् र मन्त्रीज्यू नयाँ कुर्सीमा बस्नु भएकोमा बधाइ छ भन्दै प्रतिपक्षको गहकिलो उपहार मनगढन्ते त्रुटीको दोसल्ला ओडाउनुस् ।

अब म वर्तमान राजनीतिक सन्दर्भका केही कुरा राख्न चाहन्छु । हामीले समर्थन गरेर कुर्सीमा बसायौँ भन्दैमा उसलाई काम गर्न दिनु भनेको हामीले ‘आफ्नो खुट्टामा आफैले बन्चरो हान्नु’ हो । उसले कुर्सी प्राप्त गरेपछि जसरी उसका प्रशंशकहरू उसको प्रशंशामा गीत गाउछन्, ठीक त्यसै गरी हामी विपक्षीहरूले विरोधको दुन्दुभी नबजाउने हो भने कसरी राजनीति गर्नु हुन्छ तपार्इँहरू ? राजनीति गर्नु भनेको दूधभात खानु जस्तो सजिलो हुँदैन । हाम्रो देशको परम्परा पनि यही हो–राजनीतिक यात्रा गर्दा जो कुर्सीमा पुग्छ उसको खोइरो खन्ने काम पनि सँगसँगै जान्छ, एक सिक्काको दुई पाटो जस्तै ।’ भरखर चुनाव हारेका अगुवा कार्यकर्ताको आक्रोश थाम्न हम्मेहम्मे भएर होला सितिमिति पसिना नआउने ती नेता पसिनाले भिजे ।  

प्रश्नहरूको ओइरो लागिरहेको थियो । अर्को एउटा प्रश्नको उत्तरमा रातो मुख पारेर, ओठका दुबै कुनामा थुकको फिँज थुपारेर नेता कड्के –‘....ले केही गल्ती नगरेर हुन्छ ? गल्ती ग¥यो भनेर भन्नुस्, लेख्नुस्, भाषणको मसला बनाउनुस्– यो पो प्रतिस्पर्धी प्रतिपक्षको धर्म हो ।’ 

‘के रे के रे ? ‘पर्ख र हेर’को नीति लिने चलन छ रे ?! त्यो त मलाई पनि था’छ ।’ अझ अर्को प्रश्नको प्रतिवाद नेताले यसरी गरे– ‘हनिमुन पिरेड‘सम्म ‘वेट एण्ड सी’ गर्ने चलन नेपालीको होइन, थिएन । प्रतिपक्षमा बस्न बाध्य हुनुपरेको यस पिडादायी घडीमा हामीले –‘हामी नेपाली हाै‌, स्वाभिमानी छौँ । विदेशीको नक्कल गर्नु हुँदैन । सरकार हनिमुनको नाममा मनपरि गर्दै छ । विदेशी चलनको नक्कल गर्दै छ । खवरदार हामी त्यसो गर्न दिन्नौँ, भन्नुपर्छ । हामी सत्तामा छैनौँ के रे ? हाम्लाई के को हनीमुन ! विकसित देशको भन्दैमा अब हाम्रोमा भित्र्याउन हुन्न । ‘पर्ख र हेर’ त नामर्दहरूले मात्र भन्ने कुरा हो । हामी नामर्द त होइनौ । जनताले प्रतिपक्षमा थचारे भनेर, पुर्पुरामा हात राखेर, मनभरि निराशा पालेर बस्ने हो भने हाम्रो राजनीति सिद्धिन्छ । बुझ्नु भएन के ? हामी सिद्धिन्छौँ । गर्वका साथ भन्नुपर्छ हामी संसदीय राजनीतिको कुशल खेलाडी पनि हौँ । अन्तरराष्ट्रिय मान्यता प्राप्त खेलको नियमले बाँधिएको खेलाडी अर्को खेलाडीबाट पछारिदा हरेश खाँदैन, जतिसुकै घाउचोट लागोस्, ऊ जुरुक्क उठेर जाइलाग्न छाड्दैन । अनि पो कुनै दिन उसले अर्कोलाई पछार्छ र विजयश्री प्राप्त गर्छ । अझ हामी त राजनीतिक खेलाडी हौँ । हामीले राजनीतिक खेल खेल्न जान्नु पर्छ र सक्नु पनि पर्छ ।’ 

‘राजनीतिको खेल भाले जुधाइजस्तो सोझो, सरल, सजिलो, बोधगम्य, सपाट हुँदैन । त्यो जटिल, कठिन, घुमाउरो, उतार–चढाव भएको, सितिमिति नबुझिने, धमिलो, कुटिल र समय लिने पनि हुनसक्छ । यो हामी सबलाई थाहा भएकै कुरा हो ।’ 

‘राजनीतिका यस्ता कष्टसाध्य, गन्जागोल, भीर पहराको बाटो जसले हिड्न सक्छ उसले राजनीतिको शिखर चुम्छ । जो मनको कम्जोर छ, अधैर्य छ, ऊ छिट्टै आत्तिन्छ र खुट्टा छोड्छ । जसले राजनीतिको बाङगोटिङगो बाटो हिड्न खुट्टा कमाउछ, ऊ पछि पर्नु स्वभाविक हुन्छ । संकटको घडीमा या दुःख(प्रतिपक्षमा झर्नु) को अवस्थामा टिक्नु पनि ठूलो कुरा हुन्छ । त्यसैले आज जो टिक्छ ऊ भोलि बिक्छ भनिएको हो । यो राजनीतिको नियम हो । त्यसोभएर विरोध गर्नु हाम्रो पहिलो दायित्व हो ।’ 

‘के भन्नु भएको ?’ 

आफ्नो लामो र खिरिलो चोर औलो तेस्र्याएर देखाउदै –‘त्यहाँ अलि कल्याङमल्याङ भैरहेको छ, मैले अलि बुझिन, उठेर आफ्नो कुरा प्रष्ट पारी दिनु हुन्छ कि ?’ अस्वभाविक नरमपारामा सानो बोलीले नेताले उल्टै प्रश्न गरे । 

‘ए ऽ भोलिको पीर गर्नु भएको ?’ 

‘म आज, ऐले, यतिवेलाको चिन्ताले छट्पटाइ रहेको छु । तपाईँ भोलिको कुरा गर्नु हुन्छ ।’ सकेसम्म सबैको अनुहारमा एकसरो आँखा ओछ्याए पछि नेता अघि बढे –‘तपाईँ वर्तमानमा उभिनु भएको छ भने राजनीति पनि वर्तमानकै गर्नु पर्दछ । यसमा तपाईँको पनि सहमति छ हैन त ? त्यसो भए भोलिको कुरा भोलि नै गरम्ला । आज हामी प्रतिपक्षमा भएको बेलामा सत्तापक्षको दोहोलो काढ्नै पर्छ । उसलाई हावाकावा पार्न जति सक्यो उति ऊ, गल्दै जान्छ । अर्कोतिर हाम्रा कार्यकर्तामा उर्जा रही रहन्छ । हाम्रो प्रभावका जनतामा हामीले केही गरेको देखिन्छ । खै कुरा बुझेको ? यसो गर्दा नै सत्तारूढ दललाई यिनीहरूसंग नसकिने भो वा भन्ने पार्नु पर्छ । भोलि सरकारमा गएर डाडुपन्यु खेलाउन पाए पछि त्यही डाडुपन्यु हल्लाउदा छरिने चिनीपानीले नयाँ खटालु र जोशिला कार्यकर्ता उत्पादन गर्न सकिन्छ, यो हाम्रो आफ्नै अनुभव हो । हामीले सरकार चलाउदा बिरोधीको कराउदा– कराउदा घाँटी बस्छ । स्वर भास्सिन्छ । ऊ थाक्छ । तर हामी थाक्नु हुन्न । ‘राजनीतिमा थकाई भन्ने शब्द हँुदैन ।’ कमरेड मदन भण्डारीले त्यसै भनेका हैनन्, यो कुरा । हामी ऐले जसरी विरोध गर्न थाक्दैनौ, थाक्नु हुन्न, त्यसै गरी सत्तामा भा’को वेलामा विरोध सुनेर थाक्दैनौ, थाक्नु हुन्न । जहाँ थाकियो त्यहाँ थला बसियो । राजनीतिमा एकपटक थला बसेपछि उठ्न सकिन्न । घोडा बस्दै बस्दैन, बसेपछि उठ्न सक्दैन । राजनीति पनि कैल्यै नथाक्ने अर्बी घोडा हो ।

यतिवेला विभिन्न कारणले तपाईँ प्रतिपक्षमा हुनुहुन्छ, तपाईँको राजनीतिक भूमिका कसरी सशक्त र प्रभावकारी बन्न सक्छ ? यो कुरालाई गहिरोसँग सोच्नुहोस् त ! प्रतिपक्षले सबै भन्दा सजिलोसँग आफ्नो भूमिका सशक्त बनाइ राख्न सत्तारुढ दल र त्यसका अगुवाहरू र सरकारको विरोध गर्नु पर्छ । यो राजनीतिको अनिवार्य नियम को । जनतालाई आकर्षित पार्न, निरास हुन नदिन, आफ्नो प्रभावका मानिसलाई विपक्षीको वारेमा सकारात्मक हुन नदिन समेत सरकारले केही त्रुटी नगर्दै तपाईँले आफ्नो दिमागबाट उसले गरेको त्रुटी जन्माउनुस् र मन्त्रीज्यू नयाँ कुर्सीमा बस्नु भएकोमा बधाइ छ भन्दै प्रतिपक्षको गहकिलो उपहार मनगढन्ते त्रुटीको दोसल्ला ओडाउनुस् ।’ 

‘सरकारले नगरेको काम नै किन नहोस् कुनै प्रकारबाट संचार माध्यमको भरपूर प्रयोग गरी कस्तो गल्ती ग¥यो भनेर सरकार विरुध्द अफवाहको डङ्का पिटाउने उद्देश्य लिनु पर्दछ । यसका लागि उपयुक्त माहौल बनाउन सक्नु पर्दछ । अनि ‘हाम्ले त मौका दे’का थेम् । नालायक रैछ, कामै गर्न सकेन’ कोठे वैठक र कोणसभामा यसो भन्नु पर्छ बुझ्नु भए न के ? अर्को कुरा गोष्ठी सेमिनारको अवसरमा भेट भएका सत्तारूढ दलका मौका नपाएका नेताहरूलाई दम दिन चुक्नु हुन्न । जे जसरी भए पनि सत्तारुढ नेताहरूका बीचमा खेल्न सक्नु पर्छ । अनि तिनेरू आफैँ खुट्टा तानातान गर्न थाल्छन् । सत्ता सुखले मातेर भुइमा न भाडामा हुने र सत्तामा पुग्न मरिहत्ते गर्नेहरूले थापा गुट र पाण्डे गुट, राणाहरूका विभिन्न भाइ–भारदार गुट, पंचायतकालको दात्रीरस र अग्निरस, बहुदलवादीहरूको सि.पी गुट र अर्को गुट या छत्तिसे र चौहत्तरे या कुनै अन्य थुप्रै गुट उपगुटमा विभाजित भएको इतिहास छ । यो हामीले ख्याल राख्नु पर्छ । राम्ररी पाकेको ठूलो फर्सीलाई बिगार्नु परे फलामको एउटा किलो ठोक्नु पर्छ रे । चुक्ली, सुरा र सुन्दरी नेता बिगार्ने किला हुन् । तपाईँहरूलाई थाहा छ कि छैन ? सुरा र सुन्दरीको प्रयोग गरी तिनका छातीमा आफ्नै घनिष्ट मित्रप्रति अविश्वास, शंका, इष्र्या, जलनरूपी किलो ठोक्न सकियो भने हाम्ले तिनलाई कुर्सीबाट लडाउन छिर्के हान्नै परेन ।’

यसरी प्रजातन्त्र आएदेखिनै प्रतिपक्षले बिरोधका लागि बिरोध ग¥या ग¥यै छन् । हामी जनता कोही यस्तो भ्रमको खेतीमा रुमलिइरहेका छौँ, कोही आजित भएका छौँ, कोही निराशिएका छौँ । उता जो सत्तामा पुगे पनि सत्तारूढ घटकहरू बद्मासी गर्न छाड्या छैनन् ।