सम्पदा क्षेत्र निर्माण गर्दा नेपाली शैली र मौलिकता अपनाइने

सम्पदा क्षेत्र निर्माण गर्दा नेपाली शैली र मौलिकता अपनाइने

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २, २०७७

मकवानपुर । वाग्मती प्रदेश भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेशका विभिन्न जिल्लामा सडक यातायात, सिँचाइ, तालतलैया, सम्पदा, र राजकुलो निमार्णका लागि प्रदेश सरकारले नेपालीशैली र मौलिकतालाई अवलम्बन गर्नु निर्देशित दिइएको बताउनुभएको छ ।  

वाग्मती प्रादेशिक एवंं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमका लागि प्रदेशका विभिन्न जिल्लाका जनप्रतिनिधि र भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सञ्जीव बरालबीच भएको सम्झौताको हस्तान्तरण समारोहमा आज उहाँले प्रदेश राजधानी हेटौँडालगायत काठमाडाँै उपत्यकाका ढुङ्गेधाराको पुनर्निमाण, सडकलाई कालोपत्र गर्ने र तुइनलाई विस्थापित गर्ने कार्यमा सरकारले उच्च प्रथामिक्ता दिई कार्य गरेको उल्लेख गर्नुभयो । 

उहाँले आफ्नो मन्त्रालयले तीन वर्षको अवधिभित्र प्रदेशका १३ जिल्लामा ८९० किलोमिटर सडक निर्माण, ४०५ किमि सडकमा ग्राभेलिङ र २१९ किमि सडकमा कालोपत्र गर्ने कार्य समपन्न गरेको पनि स्पष्ट पार्नुभयो । मन्त्री फुयाँलले प्रदेशका विभिन्न जिल्लामा अहिलेसम्म गरी ३३ वटा पक्की पुलको निर्माण सम्पन्न गरिसकिएको र अहिले काठमाडौँ उपत्यका, मकवानपुरको थाहा नगरपालिका र ललितपुर, नुवाकोटमा समेत गरी २४ वटा राजकुलोको निर्माणकार्यलाई तीव्रता ल्याइएको बताउनुभयो ।  

उहाँले सडक यातायात, झोलुङ्गे पुल, तालतलैया, सिँचाइको निर्माण गर्ने क्रममा दिगो र जीवन्त राख्न सकिने र गुणस्तरीय सेवा निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधन र प्राविधिक जनशतिm उपलब्ध गराइसकिएको उल्लेख गर्नुभयो । मन्त्री फुयाँलले प्रदेश राजधानी हेटाँैडाअन्तर्गत पर्ने पूर्व–पश्चिम राजमार्गको चुरियामाई मन्दिर नजिक ऐतिहासिक १०४ वर्ष पुरानो २०० मिटर सुरुङमार्ग निर्माणका लागि अन्तर्राष्ट्रियस्तरको बोलपत्रको सूचना आह्वान गरिसकिएको र छिट्टै निर्माण शुरु गरिने बताउनुभयो । उहाँले मकवानपुरको थाहा नगरपालिकाको दामन, पालुङ, चित्लाङमा गरी ऐतिहासिक ११ र उपत्यकाको तीन गरी १४ वटा ढुङ्गेधाराको निर्माणलाई प्रदेश सरकारले तीव्रता दिइरहेको बताउनुभयो । 

समझौता हस्तान्तरण कार्यक्रममा वाग्मती प्रदेश प्रादेशिक एवंं स्थानीय सडक निर्माण र सुधार कार्यक्रमका प्रमुख अधिकृत मोहन चापागार्इंले प्रदेशका विभिन्न जिल्लाबाट सडक र झोलुङ्गे निर्माणका लागि  माग भई आएका ६० वटा निवेदनमाथि एक हप्ताभित्र छानबिन गरी पहिलो चरणमा ठाउँ तोकिने र बोलपत्र आह्वान गर्न गृहकार्य भइरहेको जानकारी दिनुभयो ।