काबुलमा भएको आक्रमणबाट तीन जनाको मृत्यु, अरु कैयौँ घाइते

काबुलमा भएको आक्रमणबाट तीन जनाको मृत्यु, अरु कैयौँ घाइते

लोकसंवाद संवाददाता  |  विदेश  |  चैत्र २, २०७७

एजेन्सी । अफगानिस्तानको राजधानी काबुल शहरका दुई फरक स्थानमा आइतबार भएका बम विस्फोटमा परी तीन जना सर्वसाधारण नागरिकको ज्यान गएको बताइएको छ । अफगान प्रहरीका अनुसार ती दुवै स्थानमा यहाँका तालिबानहरुले विस्फोटक पदार्थ विस्फोट गराएर तीन जना सर्वसाधारणको ज्यान लिएका काबुल प्रहरीका प्रवक्ता फेडरस फरामर्जाले पुष्टि गर्नुभएको छ । 

उहाँका अनुसार सो विस्फोटमा परी अरु पनि कैयौँ सर्वसाधारण घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार जारी रहेको छ । उहाँले केही घाइतेहरुको अवस्था निकै नाजुक रहेको पनि बताउनुभएको छ । जसका कारण मृत्यु हुनेको संख्या बढ्न पनि सक्नेछ । 
यस घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन । तर प्रहरीले भने यो आक्रमण तालिबानीहरुले नै गरेका बताएको छ ।