मंगोलियामा धुलोसहितको आँधीबेहरी र हिम आँधीमा परी छको मृत्यु

मंगोलियामा धुलोसहितको आँधीबेहरी र हिम आँधीमा परी छको मृत्यु

लोकसंवाद संवाददाता  |  विदेश  |  चैत्र २, २०७७

एजेन्सी ।  मंगोलियामा भीषण रुपमा आएको धुलोसहितको आँधीबेहरी र हिमआँधीमा परी गत एक हप्ताभित्र कम्तीमा छ व्यक्तिको मृत्यु भएको देशको राष्ट्रिय आपतकालीन व्यवस्थापन निकाय ९नेमा० ले सोमबार जानकारी दिएको छ ।   उक्त आँधीहरुमा हराएका ५४८ जनामध्ये जना ४६७ जीवित भेटिएका नेमाले जनाएको छ ।  दुर्भाग्यवश, दक्षिणी प्रान्त दुंडगोभीमा पाँच व्यक्तिको मृत्यु भएको र आँधीबेहरीका कारण मध्यपश्चिमी  प्रान्त अर्खनाईमा एक पाँच वर्षको बालकको मृत्यु भएको बताइएको छ ।

हराइरहेको व्यक्तिको खोजी भइरहेको पनि नेमाले जनाइएको छ ।  आँधीबेहरीमा कैयौ प्रान्तहरु र विशेषगरी डण्डगोभी प्रान्तमा विद्युतीय लाइनहरु काटिएको जनाइएको छ  । मंगोलियामा धुलोसहितको आँधीबेहरी र हिमआँधी प्रायः आउने गरेको पाइन्छ  ।