डिशहोमको मनोरञ्जनात्मक कमेडी शो 'कमेडी क्याफे' सञ्चालनमा

डिशहोमको मनोरञ्जनात्मक कमेडी शो  'कमेडी क्याफे'  सञ्चालनमा

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  चैत्र २, २०७७

 ललितपुर ।  डिशहोमले आफ्ना ग्राहकहरुलाई थप मनोरञ्जन प्रदान गर्ने उद्देश्यले  नयाँ र मोरञ्जनात्मक कमेडी शो 'कमेडी क्याफे' (Comedy Café)  सञ्चालनमा ल्याएको जनाएको छ । 

डिसहोमका अनुसार कार्यक्रम कमेडी शो २०७७ फागुन २२ गते देखि डिसहोमको Reality Tv Channel no १०२ मा हरेक शनिबार बेलुकी ७ बजे प्रशारण भईरहेको  छ ।

बिबिध मनोरञ्जनात्मक नेपाली चलचित्र, लोक दोहोरी र आधुनिक गीत संगै फोन मार्फत सेलिव्रेटी, कलाकार र अन्य ब्यक्तीहरुलाई एचबलप कल गरी प्रस्तोताहरुले रमाइलो कुराकानी गर्ने छन् । 

हाँस्य टेलिसृंखलामा माने र रेन्बो सोल्टा नाम मार्फत परिचित कलाकार सुजित थापा क्षेत्री र राजु भुजेलले बिभिन्न चरित्र बनी फोन उठाउने ब्यतिलाई डिसहोम गर्छन । यस कार्यक्रम मार्फत डिशहोमका दर्शकले भरपुर मनोरञ्जन लिने विश्वास कम्पनीले लिएको उल्लेख गरेको छ ।