जापानको फुकुशिमामा भूकम्प

जापानको फुकुशिमामा भूकम्प

लोकसंवाद संवाददाता  |  विदेश  |  चैत्र ४, २०७७

एजेन्सी ।  जापानको फुकुशिमा प्रिफेक्चर नजिक बुधबार ५।३ म्याग्नीच्यूडको भूकम्प गएको जापानको मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार उक्त भूकम्प स्थानीय समय अनुसार साँझ ५।२९ बजे गएको थियो । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ६० किलोमिटरको गहिराईमा रहेको थियो ।

भूकम्पका कारण जापानको सामुद्रिक इलाकामा कुनै सुनामी आइहाल्ने अवस्था नदेखिएको पनि विभागले जनाएको छ ।