माधव समूहको निष्कर्ष : अध्यक्षबाट ओलीको राजीनामा र नेतृत्व कार्यवाहक विकल्प ! (प्रतिवेदनसहित)

माधव समूहको निष्कर्ष : अध्यक्षबाट ओलीको राजीनामा र नेतृत्व कार्यवाहक विकल्प ! (प्रतिवेदनसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ४, २०७७

काठमाडौँ । नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल समूहले यही चैत्र ४ र ५ गते ललितपुरमा आयोजित कार्यकर्ता भेलामा एमाले र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि भन्दै आगामी काम भनेर कार्यकर्तालाई वितरण गरेको छ ।

 मुख्यतः संविधान, लोकतन्त्र र राष्ट्रको आफ्नै खुट्टामा उभिने सामर्थ्यमा खतरा र  कम्युनिस्ट पार्टी तथा समाजवाद विरोधी शक्तिको खतरालाई चुनौतीका रुपमा ठहर गर्दै आगामी कामका रुपमा छलफलका बुँदाका रुपमा प्रस्तुत गरेको छ । 
कार्यकर्ता वितरण गरिएको आगामी काम सहितको नेकपा एमालेको एकता बचाऔँ, कम्युनिस्ट आन्दोलनको रक्षा गरौँ’ भन्ने  प्रतिवेदन 

 


यसरी प्रस्तुत बुँदाहरु '२०७५ ज्येष्ठ २ गतेलाई प्रस्थान बिन्दु बनाएर पार्टी जीवनको पुनर्स्थापना (सबै पार्टी कमिटी, निकाय, जनसङ्गठन र विभागहरूको पुनर्स्थापन) हुनुपर्ने, विधि विधानको पुनर्स्थापना र विकास, नवौँ महाधिवेशनको कार्यदिशाको स्थापना, नवौँ महाधिवेशनपछि उत्पन्न भएका सबै विवादहरूको विधिसम्मत समाधान, आगामी दिनमा कम्युनिस्ट पार्टीको विजयको तयारी केपी ओली का गल्तीका कारणले उनले राजीनामा दिनुपर्ने, कार्यवाहक नेतृत्वको तयारी गर्नुपर्छ, गुटका निर्णयहरू खारेज गर्नु पर्छ, पार्टीलाई पूर्वावस्थामा फर्काउनु पर्छ ज्येष्ठ २ गतेमा लैजानु पर्छ, नवौँ महाधिवेशनको निर्णय र विधानको अवस्थामा लैजानु पर्छ, पार्टीलाई एकता, पुनर्गठन र रूपान्तरणको दिशामा लैजानु पर्छ, पार्टीलाई नेपाली समाजवादको दिशातर्फ अगाडि बढाउनु पर्छ' ,भन्ने बुँदाहरु भेलामा वितरण गरिएको छ ।

‘पार्टी अध्यक्षको तानासाही र स्वेच्छाचारी प्रवृत्तिको विरोध गरौँ र नेकपा एमालेको एकताको रक्षा गर्दै कम्युनिस्ट आन्दोलनको रक्षा गरौँ  भन्दै

माधव नेपाल  प्रस्तुत राजनीतिक प्रतिवेदन