दिल्ली र राजस्थान विजयी

दिल्ली र राजस्थान विजयी
जितपछि पञ्जावका कप्तान रविचन्द्र आश्विनसँग हात मिलाउँदै दिल्लीका कप्तान श्रेयस ऐयर (नीलो ड्रेसमा) । तस्बिर : आइपिएलटिट्वान्टी डट कम ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख ८, २०७६


काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत शनिबार राति सम्पन्न छुट्टाछुट्टै खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल विजयी भएका छन् ।

पहिलो खेलमा राजस्थानले मुम्बई इण्डियन्सलाई पाँच विकेटले हरायो । मुम्बई दिएको १६२ रनको लक्ष्य राजस्थानले १९.१ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । राजस्थानका नयाँ कप्तान स्टिभ स्मिथले अभिजित ५९ रन जोडे । ४८ बल खेलेका उनले ५ चौका र एक छक्का प्रहार गरे । यस्तै, रियान परागले २९ बलमा ४३ र सञ्जु सैमसनले १९ बलमा ३५ रन जोडे । 

मुम्बईका राहुल चहरले तीन र जसप्रित बुमराहले एक विकेट लिए । राहुलले दुई प्रारम्भिक ब्याट्सम्यानसँगै बेन स्ट्रोकको विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङ थालेको मुम्बईका लागि प्रारम्भिक ब्याट्सम्यान क्विन्टन डि ककले सर्वाधिक ६५ रन जोडेका थिए । यस्तै, सूर्यकुमार यादवले सूर्यकुमार यादवले ३४ र हार्दिक पाण्ड्याले २३ रनको योगदान दिए । 

राजस्थानका श्रेयस गोपालले दुई तथा स्टुअर्ट बिन्नी, जोफ्रा आर्चर र जयदेव उनादकटले समान एक विकेट लिए । 

खेलको प्लेअर अफ दि म्याच राजस्थानका कप्तान स्मिथ घोषित भए । 

अर्काे खेलमा पनि दिल्लीले किंग्स इलेभन पञ्जावलाई पाँच विकेटले पराजित गरेको छ । कप्तान श्रेयस ऐयर र शिखर धवनले अर्धशतकमा प्रहार गरेपछि दिल्लीले १ सय ६४ रनको १९.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । कप्तान ऐयरले अभिजित ५८ तथा धवनले ५६ रन जोडे ।  यस्तै, कोलिन इन्ग्रामले १९ रन र पृथ्वी सोले १३ रन बनाए । 

पन्जाबका हार्डुस भिलजोइनले २ विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । पञ्जावका लागि प्रारम्भिक ब्याट्सम्यान क्रिस गेलले सर्वाधिक ६९ रनको पारी खेले । उनले ३७ बलमा ६ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै, मन्दिप सिंहले ३०, हरप्रित बरारले २०, रविचन्द्र आसिवनले १६ र केएल राहुलले १२ जोडे । 

दिल्लीका सन्दीप लामिछानेले तीन तथा कागिसो रवाडा र अक्षर पटेलले दुई विकेट लिए ।