आइपिएलमा सन्दीपको उत्कृष्ट प्रदर्शन

आइपिएलमा सन्दीपको उत्कृष्ट प्रदर्शन
पञ्जावका सैम कुरानको क्याच समात्दै सन्दीप लामिछाने । तस्बिर : आइपिएलटिट्वान्टी डट कम ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख ८, २०७६


काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)मा सन्दीप लामिछानेले आफ्नो उत्कृष्ट प्रदर्शन गरेका छन् ।

शनिबार राती सम्पन्न खेलमा उनले किंग्स इलेभन पञ्जावविरुद्ध ४० रन खर्चिएर तीन विकेट लिए । उनले प्रारम्भिक ब्याट्सम्यानद्वय केएल राहुल र क्रिस गेलसँगै सैम कुरानको विकेट लिए । यसअघि उनले आइपिएलका एक पारीमा दुई विकेट मात्रै लिन सकेका थिए ।  

सर्वाधिक विकेट लिने सूचीमा १२ औं 

उनी चालू आइपिएलमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा १२ औं स्थानमा छन् । उनले चालू आइपिएलका पाँच खेलबाट ८ विकेट लिएका छन् । उनको इकोनोमी ८.७० छ । 

चालू आइपिएलमा सर्वाधिक विकेट लिने सूचीमा दिल्लीकै कागिसो रवाडा अग्रस्थानमा छन् । उनले १० खेलबाट २१ विकेट लिएका छन् । 

आइपिएलमा १३ विकेट 

सन्दीपले आइपिएलका ८ खेलबाट १३ विकेट लिइसकेका छन् । अघिल्लो सिजनका तीन खेलमा उनले पाँच विकेट लिएका थिए ।