डिशहोमको 'मधेस प्लस' च्यानल : आफ्नै स्थानिय भाषाका कार्यक्रम र टेलिश्रृखला प्रशारण गरिदै

डिशहोमको 'मधेस प्लस'  च्यानल : आफ्नै स्थानिय भाषाका कार्यक्रम र टेलिश्रृखला प्रशारण गरिदै

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  चैत्र ५, २०७७

ललिपुर । नेपाली टेलिभिजनको दुनियामा डिशहोमले भरपुर मनोरञ्जनले भरिएको मधेस प्लस च्यानल संचालनमा ल्याएको छ । डिशहोमको च्यानल नं. ११९ मा यो च्यानल प्रशारण भईरहेको छ । नेपालमानै पहिलो पटक भोजपुरी चलचित्र, गीत, मैथली, थारु, लगाएतका मधेस क्षेत्रमा प्रचलनमा रहेका विभिन्न भाषा भाषिका गीत संगीत, टेलिचलचित्र तथा विविध मनोरञ्जनात्मक कार्यक्रमहरुलाई प्रथमिकताका साथ प्रशारण गर्ने तयारि च्यानलले गरिरहेको छ । 

मधेस प्लस च्यानलमा हरेक शुक्रवार राती ८ बजे मैथली भाषाको समसामयिक, सामाजिक टेलिसृंखला मिथिलाञ्चली प्रशारण भईरहेको छ । जुन सिरियललाई दर्शकहरुले रुचाउनुका साथै राम्रो प्रतिकृया जनाउनु भएको छ । यसै लोकप्रियतालाई ध्यानमा राखेर मधेस प्लस च्यानल मार्फत डिशहोमले विभिन्न मधेस केन्द्रीत कन्टेन्ट प्रशारण गर्ने तयारि गरिरहेको छ । हरेक शनिवार दिउँसो १ वजे भोजपुरी भाषामा हलिउड चलचित्र प्रशारण गरिरहेको छ भने दैनिक ८ शो भोजपुरी भाषाको चलचित्र प्रशारण गरिरहेको छ । चाडै यो च्यानलमा स्थानीय भाषाको गीत संगीत, टेलिचलचित्र तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण गर्ने तयारी भईरहेको छ ।  

लामो समय देखी नेपाली दर्शकको मनोरञ्जनको चाहानालाई ध्यानमा राखेर डिशहोमले आफ्नै विभिन्न एक्सक्लुसिभ च्यानलहरु संचालन गर्दै आएको छ । डिशहोमले विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण हुने रमाईलो टिभी, नेपालकै पहिलो खेलकुद च्यानल एक्सन स्पोर्टस्, वालवालिकाहरुको लागी राईम्स र जुनिएर टिभी, घरमा नै वसेर नयाँ नयाँ नेपाली, हिन्दी र अंग्रेजी चलचित्र हेर्न सकिने सिनेमा घर, नेपाली चलचित्र मात्र प्रशारण हुने प्लस मुभि जस्ता विभिन्न च्यानल संचालन गरिरहेको मा मधेस क्षेत्रमा प्रचलित भाषाका सामाग्री समेटिएको मनोरञ्जनात्मक ' मधेस प्लस' नाममा च्यानल संचालनमा ल्याएको । 

यस च्यानलले नेपाली दर्शकलाई भिन्न स्वाद र भरपुर मनोरञ्जन दिने विश्वास कम्पनीले लिएको छ । साथमा भोजपुरी, मैथलि, थारु लगाएतका भाषाको गीत गाउने कलाकारहरुले उपलब्ध गराएको गीतहरु समेत यस च्यानलमा प्रशारण गरिने छ जस वाट क्षेत्रिय भाषाको गीत गाउने स्थानिय कलाकारको प्रतिभा लाई समेत नेपाल भर पुर्‍याउन यस च्यानलले सहयोग गर्ने अपेक्षा डिशहोमले लिएको छ ।  

आगामी दिनहरुमा पनि डिशहोमको ग्राहकहरुको मनोरञ्जनका लागी भिन्न खालका सामाग्री प्रशारण हुने विभिन्न च्यानलहरु थप गर्दै लाने उद्देश्य कम्पनीले लिएको छ ।