अवैधरूपमा ल्याइएको सालको गोलिया बरामद

अवैधरूपमा ल्याइएको सालको गोलिया बरामद

लोकसंवाद संवाददाता  |  अपराध  |  चैत्र ६, २०७७

कञ्चनपुर । कृष्णपुर नगरपालिका–७ बस्ने ४२ वर्षीय यज्ञबहादुर खड्काको घरबाट अवैधरूपमा सामुदायिक वनबाट ल्याइएका सालका काँचा ७३ क्यूविक फुट गोलिया बिहीबार बरामद गरिएको छ । 

सबडिभिजन वन कार्यालय अत्तरिया कैलालीको टोलीले गोप्य सूचनाका आधारमा गोदावरी नगरपालिका–३ महिला सामुदायिक वन चौकीडाँडाबाट अवैधरूपमा चोरी गरी ल्याइएका गोलिया बरामद गरिएको हो । बरामद गोलिया सबडिभिजन वन कार्यालय अत्तरियामा बुझाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक राजेश शाहीले बताउनुभयो । पढाइसँगै विद्यार्थीलाई व्यवहारिक ज्ञान