दश वर्षमा बल्ल त्रियुगा बेली पुल अन्तिम चरणमा

दश वर्षमा बल्ल त्रियुगा बेली पुल अन्तिम चरणमा

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ६, २०७७

उदयपुर । चौदण्डी नगरपालिका–५ स्थित त्रियुगा बेली पुल यसवर्ष सम्पन्न हुने भएको छ ।  निर्माण शुरुआत भएको दशवर्षपछि बल्ल सम्पन्न हुने चरणमा पुगेको हो ।

सप्तरीको फत्तेपुर र उदयपुरको चौदण्डी नगरपालिकाको बेल्टार बजार जोड्ने सो पुल विसं २०६७ मा महालक्ष्मी लोकप्रिय जेभी निर्माण कम्पनी काठमाडौँले निर्माण जिम्मा लिएको थियो । हालसम्म पुल निर्माण सम्पन्न नभएको   चौदण्डी–५ का वडाध्यक्ष देवनारायण चौधरी जानकारी दिनुभयो ।

उहाँले पटक–पटक सम्बन्धित मन्त्रालय, विभाग र गाईघाट दिक्तेल सडक कार्यालयलाई जानकारी दिँदा पनि सुनुवाई नभएको बताउनुभयो ।  सो कार्यालयका प्रमुख गोपाल खकुरेलका प्राविधिक  र कोरोनाको कारण समयमा पुल निर्माण सम्पन्न हुन नसकेकोे बताउनुभयो । उहाँका अनुसार सो पुल रु ११ करोड २५ लाखमा सम्पन्न हुन लागेको हो ।  

चौदण्डी नगर प्रमुख खगेन्द्र राई र  उपप्रमुख राजकुमारी चौधरीले छिटो पुल निर्माण सम्पन्न गर्न नगरपालिकाले निर्माण कम्पनीलाई ध्यानाकर्षण गराउँदै आएको बताउनुभयो ।