नाटक लेखन सम्बन्धी कार्यशाला सम्पन्न

नाटक लेखन सम्बन्धी कार्यशाला सम्पन्न

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ८, २०७६

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनामा नाटक लेखन कार्यशाला सम्पन्न भएको छ ।

 प्राज्ञ परिषद् सदस्य निशा पोखरेल शर्माको संयोजनमा राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा वैशाख ३ गतेदेखि ७ गतेसम्म आयोजित पाँच दिने नाटक लेखन कार्यशालामा देशका विभिन्न स्थानबाट २३ जना प्रशिक्षार्थी सहभागीता रहेको थियो ।  वरिष्ठ नाटककार अशेष मल्लको सहजीकरणमा भएको उक्त कार्यशालामा डा। धु्रवचन्द्र गौतम, प्रचण्ड मल्ल, नयनराज पाण्डे र खगेन्द्र लामिछाने लगायतका नाटककार तथा नाट्यकर्मीहरूले सहभागीलाई नाटक लेखन सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।

यही २०७५ वैशाख ७ शनिबारका दिन नाटक लेखन कार्यशालाका सहभागी प्रशिक्षार्थीहरूलाई एक समारोहबिच प्रमाणपत्र प्रदान गरिएको थियो । उक्त समारोहमा प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा र सदस्य सचिव श्याम तमोटले प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।  उपकुलपति शर्माले कार्यशाला उपलब्धिमूलक भएको बताए । ‘मञ्चनका लागि पर्याप्त नाटक नभइरहेको वर्तमान अवस्थामा यस कार्यशालाले निकै आशा  जगाएको छ’ शर्माको भनाइ थियो ।