महान्यायाधीवक्ता अग्नि खरेलद्वारा राजीनामा

महान्यायाधीवक्ता अग्नि खरेलद्वारा राजीनामा

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ६, २०७७

काठमाडौं । नेपाल सरकारका महान्यायाधीवक्ता अग्नि खरेलले राजीनामा दिनु भएको छ ।  खरेलले आफ्नो राजीनामाबारे प्रधानमन्त्री ओलीलाई समेत जानकारी गराइसक्नु भएको छ । 
आज उहाँले बोलाएको पत्रकार सम्मेलनमा राजीनामाको बारे पहिल्यै आँकलन गरिएको थियो । तरपनि उहाँले उक्त कुरालाई नकार्दै आउनु भएको थियो । 

राजीनामा पछि उहाँले चुनावको तयारी गर्न लागेको समेत बताइन्छ । 
मन्त्रिपरिषद्को सिफारिसमा उहाँलाई राष्ट्रपति विद्या भण्डारीले २०७४ साल फागुनमा महान्याधिवक्ता नियुक्त गर्नु भएको थियो ।