डिशहोमको प्लसमुभि च्यानल : एक दशक पुरा गर्दै

डिशहोमको प्लसमुभि च्यानल : एक दशक पुरा गर्दै

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  चैत्र ६, २०७७

 ललितपुर । टेलिभिजनमा नेपाली चलचित्रहरु मार्फत दर्शकहरुलाई मनोरञ्जन दिने उदेश्य सहित डिशहोमले शुरु गरेको प्लस मुभि च्यानलले एक दशक पुरा गरेको छ ।

डिशहोमका अनुसार  'मुभि अन डिमाण्ड'  नामबाट सुरु गरिएको यस च्यानल सन २०१२ देखी प्लसमुभि च्यानलको नामबाट सञ्चालन भईरहेको छ । दैनिक ८ शो नेपाली चलचित्रहरु प्रशारण गरिरहेको यो च्यानल  डिशहोमका दर्शकहरुमाझ अत्यन्त लोकप्रिय रहेको छ ।

नयाँ,पुराना तथा सबै विधाका नेपाली चलचित्रहरु प्रदर्शन गरिरहेको प्लस मूभि च्यानल डिशहोममा HD गुणस्तरमा हेर्न सकिन्छ । यस च्यानल मार्फत दुरदराजका दर्शकहरुलेसमेत नेपाली चलचित्र सजिलै हेर्न पाएका छन् ।  प्लस मूभि संगै डिशहोमले रमाईलो, एक्सन स्पोर्टस्, सरोकार, रियालिटी टिभि, गुञ्जन, सिनेहिट्स, कमेडि प्लस्, डि मुभिज, जुनियर, राईम्स्, डि म्यूजिक, नेपाः, मधेश प्लस जस्ता आफ्नै च्यानलहरु पनि प्रशारण गरिरहेको छ ।