जहाँ चुनाव प्रचार गर्दा जरिवाना लाग्छ

जहाँ चुनाव प्रचार गर्दा जरिवाना लाग्छ

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ८, २०७६

यस गाउँमा कसैले चुनाव प्रचार गरेका ५१ रूपैयाँ जरिवाना लाग्छ । के तपाईं पत्याउनु हुन्छ यस गाउँमा मतदान सत प्रतिशत हुने गर्छ । 
काठमाडौं । जुनसुकै देशमा ७० प्रतिशत मतदानलाई सफल र राम्रो मानिन्छ । तर, भारतको गुजरात राज्यमा एउटा यस्तो गाउँ छ, जहाँ कुनै पनि दलको चुनाव प्रचार पूर्णतया निषेध गरिएको छ । गाउँलेहरूको भनाइ छ– चुनाव प्रचारले व्यर्थमा गाउँको वातावरण बिगार्छ । 

अब कुनै गाउँका वासिन्दा यति सजग छन् भने भन्नु परेन, त्यो गाउँमा झण्डै शत प्रतिशत मतदान हुने गर्छ । 

गुजरात राज्यको राजकोट जिल्लामा पर्ने राजसमढियाल गाउँका सरपञ्च अशोक भाइ वाधेला भन्छन्– हाम्रो गाउँमा कुनै पनि राजनीतिक दलको चुनाव प्रचार प्रसार पूर्णतया बन्देज लगाइएको छ, कसैले यस्तो गरेमा ५१ रूपैयाँ जरिवाना लगाइन्छ । 

यसका साथै गाउँको कुनै भोटरले भोट नहालेमा पनि ऊमाथि ५१ रूपैयाँ जरिवाना लगाउने नियम छ । 

गाउँका सरपञ्च अशोक वाधेला यसको श्रेय आफूभन्दला पहिलाका सरपञ्च हरदेव सिंह जडेजालाई दिन्छन् । उनका अनुसार गाउँमा भोटिङ त शत प्रतिशत हुने गर्छ । तर, गाउँबाट बिहे भएर अन्यत्र गएका चेलीबेटी र चुनावअघि मृत्यु हुन पुगेका व्यक्तिको नाम मतदाता सूचीबाट काटिन नसकेकाले आधिकारिक रूपमा मतदान ९५–९६ प्रतिशत हुने गरेको छ ।